मोरङमा सिटिजन्स बैंक लुटपाटमा भारतीय ‘ग्याङ’ संलग्न, ३ जना पक्राउ

मोरङमा सिटिजन्स बैंक लुटपाटमा भारतीय ‘ग्याङ’ संलग्न, ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाटमा भारतीय लुटेरा ‘ग्याङ’को हात रहेको खुलेको छ ।


Advertisement

भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकामा भएको घटनामा भारतबाट आएका लुटेराको संलग्नता देखिएको गाउँपालिकाका अध्यक्ष हरिलाल सिहंले बताए ।


Advertisement

घटनामा ५ जनाको संलग्नता रहेकोमा ३ जनालाई पक्राउ गरिएको र पक्राउ परेकामध्ये १ जनालाई गोली लागेको उनले जानकारी दिए ।

लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाट गरेको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरिसकेको छ । 


Advertisement

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले लुटेरा समूहका १ जनालाई गोली लागेको समेत जानकारी दिए । प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्