×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम घट्यो

काठमाडाैं | असोज २६, २०७८

NTC
TVS INSIDE

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ । 

Sanima Bank
morang Auto yamaha

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अङ्कले ओरालो लागेर ४९४.२२ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर रु तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ मूल्यमा खरिद बिक्री भए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कारोबार भएका १३ उपसमूहमध्ये सोमवार दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर ओरालो लाग्यो । सामूहिक लगानी कोष ०.०६ र लगानी ०.९१ विन्दुले उकालो लाग्यो । बैंकिङ १६.२५, व्यापार ६४.४९, होटल तथा पर्यटन १८.६३, जलविद्युत् ३२.९३, वित्त ४२.७५, निर्जीवन बीमा ७८.९६, उत्पादन १८.१६, अन्य ३७.५२, लघुवित्त ६७.५८, जीवन बीमा ४१.०६ विन्दुले ओरालो लाग्यो ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १३ लाख ८५ हजार ३१८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९२ लाख ४१ हजार ३१७, महालक्ष्मी विकास बैंक रु १२ करोड ४३ लाख ७६ हजार ४८, नेपाल पूर्वाधार बैंक रु ११ करोड ६७ लाख २८ हजार ७८४ र नेपाल बैंक रु १० करोड ५० लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कारोबारका आधारमा ग्लोबल आइएमई समुन्नत स्किम एक ९.९०, सानिमा लाइफ इन्स्योरेन्स ७.८८, नेपाल पूर्वाधार बैंक ५.०९, कुमारी इक्विटी फण्ड ३.३८ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.९१ प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैंक ८.७६, रैराङ हाइड्रोपावर ८.२९, छ्याङदी हाइड्रोपावर ७.४३, मल्टिप्रपोज फाइनान्स कम्पनी ५.२० र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ४.६९ प्रतिशतले गुमाए ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

यस महालक्ष्मी विकास बैंक लि.को चालु आर्थिक वर्षको दोस्रो  त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भए...

माघ ६, २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको...

माघ ७, २०७८

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. ले एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो सार्वजनिक गरेको छ ।  कोभिड १९ को महामारीलाई ध्यानमा राखी, ग्राहकहरुको सुविधालाई चुस्त दुरुस्त एवं प्रविधिमैत्री बनाउने क्रममा उक्त स...

माघ ३, २०७८

सोमवार शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन बजार मापन गर्ने नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा रोकिएको छ । मंगलवार २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ...

माघ ७, २०७८

एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणक...

माघ ६, २०७८

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार ३३.०३ अंकले उकालो लागेर २ हजार ९३१.३४ मा पुगेको छ । साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने बिहीवार अन्तिम दिन समेत उल्लेख्य रूपमा ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...