मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
असोज २६, २०७८
मोहनकृष्ण नेपाल संघीय संसद् सचिवालयमा सवारी चालकको रूपमा कार्यरत छन्। उनले मासिक करीब २२ पारिश्रमिक पाउँछन् ।
सोही बराबर उनले दशैं भत्ता पनि पाएका छन्। तर ४४ / ४५ हजार रुपैयाँले उनको दशैं टर्ने अवस्था छैन ।
दशैं मान्नकै लागि साथीसँग सापटी लिनुपर्ने अवस्था रहेको उनले सुनाए ।
'हाम्रो महंगी भत्ता पनि काटिएको छ, त्यस्तोमा कम रुपैयाँमा जसोतसो दशैं मनाउनुपरेको छ,' उनले लोकान्तरसँग भने, 'एउटा खसीको दाम नै २५ हजारसम्म पर्छ, महंगो भएपनि मासु खानै पर्यो ।'
मासुका अलावा लत्ता कपडा, टीकाका लागि दक्षिणा आदिमा पनि पैसा खर्च हुने हुनाले दशैंका लागि तलब भत्ताले पुग्ने अवस्था नरहेको उनको भनाइ छ ।
***
नेपालको जस्तै पीडा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गाडी चलाउने अर्का एक चालकको पनि छ ।
दशैंतिहारमा श्रीमतीलाई गहना किनिदिन नसक्दा बर्सेनि किचकिच सुन्नुपरेको उनले सुनाए ।
'छिमेकमा अरूले गहना किनेका छन्,मलाई पनि किन्दिनुपर्यो भनेर श्रीमतीले प्रत्येक वर्ष दशैंतिहारमा भन्छन्,' ती चालकले भने, 'तर मैले कुनै पनि वर्ष किनेर दिन सकेको छैन । यो वर्ष आम्दानी छैन,अर्को वर्ष किनौंला भनेर टार्दै आएको छु।'
***
संसद् सचिवालयमा कार्यरत सवारी चालक हरिराम रुपाखेती भने जत्रो कमाइ त्यही अनुसार खर्च गर्ने गरेको बताउँछन्।
'भन्नका लागि त दशैंमा तलब र पेस्की समेत गरेर झन्डै आधा लाखको हाराहारीमा तलब, भत्ता आउँछ,तर त्यसैमा थोरै खर्च गरेर पनि थोरैथोरै रमाइलो गर्ने गरेको छु,' उनले भने ।
सिंगो खसी नढाले पनि एक भाग मासु लिएर दशैं मनाउने गरेको उनले सुनाए ।
'गाउँ जाँदा धेरैले सिंगो खसी ढालेका हुन्छन्,तर हामीले भने एउटा खुट्टासहितको एक भाग मासु लिएर रमाइलो गर्छौं,' उनले भने,'छोराछोरीलाई अरूको जस्तै सबै चाहना पूरा गर्ने मन कुन आमाबुवालाई हुँदैन, मन त हाम्रो पनि हुन्छ नि, तर के गर्ने हाम्रो आफ्नो बाध्यता छ । कम कमाई भएको कारण रहर हुँदाहुँदै पनि पूरा गर्न सकिँदैन।'
***
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सवारी चालकको रूपमा कार्यरत श्रीराम कार्की पनि दसैंमा खसी किन्नुको साटो २-४ किलो मासु नै किन्ने गरेको बताउँछन्।
'सिंहदरबारमा अन्य पदमा कार्यरत कर्मचारीहरूले दिनहुँ बासमती चामलको भात खान्छन्,तर हामीले त दशैंमा पनि बासमती चामलको भात खान सक्दैनौं,' कार्कीले लोकान्तरसँग भने,'हाम्रो क्षमता जे हुन्छ, त्यही अनुसार गर्ने हो ।फुर्ती लाएर अरूको देखासिकी गरेर हुँदैन।'
***
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी चालकको रूपमा काम गर्ने अर्का एक चालकले पनि उस्तै समस्या भएकोबताए।'कम पैसा आम्दानी हुने भएकाले घर परिवारका सदस्यलाई फूटपाथबाट सस्तो लुगा किनेर दिने गरेको छु,' उनले भने,'जुत्ता नै किन्नुपर्यो भने सस्तो किनेर दिने हो, के गर्ने, हाकिम सा'बहरूले गर्ने जस्तो नक्कल गरेर भएन।'
***
संसद् सचिवालयमा कार्यरत अर्का चालक किरण कवेले पनि दशैं सकेसम्म कम खर्च गरेर मनाउने गरेको बताए ।
सोही कार्यालय मातहत कार्यरत सवारी चालक जीवनहरि खत्रीको दशैं पनि सामान्य रूपमा बित्ने गरेको छ ।
'भन्नका लागि त हामी पनि सरकारी कर्मचारी नै हो, तर हामीले पाउने रकम अत्यन्त न्यून भएकाले रहर हुँदाहुँदै पनि सामान्य तरिकाले दशैं मनाउनुपर्ने बाध्यता र विवशता छ,' खत्रीले भने,'दशैंमा पेस्की त आउँछ,तर अन्य महिनामा आउने तलबले महिनाको खर्च समेत धान्न कठिन हुने हुनाले दशैंमा पेस्की आउँदैमा सबै रकम खर्च गरिहाल्नुपर्छ भन्ने होइन।'
सिंहदरबारमा भेटिने प्राय: सवारी चालकको प्रतिक्रिया यस्तै छ । धेरै न्यून तलब भएका कारण दशैंभन्दा पनि अन्य महिनामा मासिक खर्च नै धान्न सकिरहेका हुँदैनन्। एउटा चालकले मासिक २२ देखि २३ हजार रुपैयाँ तलब पाउँछन् । कोठा भाडामै आधाजसो खर्च हुन्छ ।
'बिहान ८ बजे हामी यहाँ आइसक्नुपर्छ, दिनको खाना यहीँ सिंहदरबारमा क्यान्टिनमा खानु पर्दा एक छाकको १५० रुपैयाँ तिर्नुपर्छ,' संसद् सचिवालयमा कार्यरत सवारी चालक हरिराम रुपाखेतीले भने, 'फेरि खाजा क्यान्टिनमै खानुपर्छ, चिया पनि खानुपर्छ, अनि साँझ ७ बजे घर फर्किँदा सम्म २ सय देखि २५० रुपैयाँ प्रतिदिन खर्च गर्नु परेको हुन्छ।'
तलबले दैनिकी चलाउने मुस्किल परेको उनको भनाइ छ ।
'तलब नबढाए पनि चालकको लागि क्वार्टर सुविधा र रासन सुविधा दियो भने हुने,' उनले भने,'तर हामी जस्तो सामान्य मानिसको कसले सुन्ने हो? भएको महँगी भत्ता पनि सरकारले यो वर्षदेखि काटेको छ।'
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...