बुद्ध एयरले झन्डै आधा घटायो डलर हवाई भाडादर, यस्तो छ नयाँ भाडादर

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले विदेशी पर्यटकका लागि लिँदै आएको हवाई भाडादर घटाएको छ। विदेशीका लागि निर्धारित डलर भाडादर लगभग आधाले घटाएको बुद्ध एयरले जनाएको छ।


Advertisement

नेपाली र भारतीय हवाई यात्रुका लागि सजिलो र सहज भाडादर भएपनि विदेशी पर्यटकको हकमा डलरमै भाडा तिर्नुपर्ने प्रावधान रहेको छ। लामो समयदेखि रहेको गुनासोलाई सम्बोधन गर्दै बुद्ध एयरले ५४औं वार्षिकोत्सवको समयमा डलर भाडादर घटाएको छ।


Advertisement

यसअघि पोखराका लागि १०६ अमेरिकी डलर तोकिएकामा जनवरी २०२२ देखि लागु हुने गरि ६५ अमेरिकी डलरमा झारिएको छ। अन्य गन्तव्यमा एकतर्फी डलर भाडादर काठमाडौं-पोखरा $६५, काठमाडौं-विराटनगर $७६, काठमाडौं-जनकपुर $४२, काठमाडौं-सिमरा $३०, काठमाडौं-भैरहवा $६५, काठमाडौं-धनगढी $१३८ काठमाडौं-नेपालगञ्ज $१०२ र काठमाडौं-भद्रपुर $९४ तोकिएको छ।

महामारीपछि सुस्ताएको पर्यटनलाई उकास्न सस्तिएको हवाई भाडाले सहयोग पुर्‍याउने बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशी बताउँछन् । पछिल्लो समयमा अनलाइनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको उनले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्