×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

भारतका कुख्यात डाँकुको समूहले नेपाली बैंक लुटेर भागेपछि यसरी परे प्रहरीको फन्दामा

विराटनगर | असोज २६, २०७८

NTC
फाइल फोटो
TVS INSIDE

सोमवार मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंक लुटपाट घटनामा भारतीय कुख्यात डाँकु समूहको संलग्नता रहेको खुलेको छ ।

Sanima Bank
morang Auto yamaha

भारतीय प्रहरीको ‘वान्टेड’ सूचीमा रहेकाहरूबाट बैंक लुटपाटको घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताए । ८ जनाको समूहमा आएका लुटेराले बैक लुटपाट गरेको प्रहरीले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

शुरूमा ५ जना मात्रै भए पनि जम्मा ८ जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका मुनाल पथका एक पुरुष रहेको खुलेको छ ।

लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । बयानमा डाँकुहरूले एकअर्कालाई नचिनेको जनाएका छन् । एकअर्कालाई नचिने पनि मुख्य योजनाकार श्याम मुखियालाई चिनेको बताएको जिसीले जानकारी दिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मुखियाले ऋण तिर्न भारतबाट डाँकुहरूलाई बोलाएको जनाइएको छ । ‘ऋण छ, बैंक लुटपाट गरेर बाँडेर खाउँला भनेर बोलाएको खुलेको छ,’ एसपी जिसीले भने । 

बैंक लुटपाटमा ३ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार श्याम मुखिया, विजय सहनी र मुनाल यादव रहेका छन् । मुख्य योजनाकार मुखियाले ठेगाना समेत भारत भनेर ढाँटेको र पछि अनुसन्धानका क्रममा उनी विराटनगर निवासी रहेको खुलेको एसपी जिसीले बताए । 

बैंकका कर्मचारीले राति १० बजेसम्म हिसाब गरेर २१ लाख ७० हजार ५६३ रुपैयाँ नभएको जनाएका छन् । बैकबाट पैसा लुटिए पनि कति लुटिएको भन्ने अझै यकिन भई नसकेको प्रहरीले जनाएको छ ।

बैंकभित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले डाँकुहरूलाई रोक्ने प्रयास गरेका थिए । कुँवरले रोक्न खोज्दा लुटेरा समूहले पेस्तोल देखाएको थियो । कुँवर पेस्तोल खोस्ने प्रयासमा लागेपछि बैंकमा २ राउन्ड गोली फायर गरिएको थियो । १ राउन्ड गोली सुरक्षा गार्डको घाँटी पछाडि लागेको थियो भने अर्काे गोली आफ्नै साथीलाई लागेको थियो । लुटेरा समूहभित्रै आफ्नै साथीलाई गोली लागेपछि प्रहरीलाई पक्राउ गर्न सहज भएको थियो । गोलीबाट विजय सहनी घाइते भएका थिए ।

घाइतेको सहनीको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भारततर्फ जाँदै गर्दा सीमावर्ती क्षेत्रबाट ३ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सहयोगमा अन्यको खोज कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ । घाइते गार्ड र लुटेरा समूहका सदस्यको विराटनगर र रंगेलीमा उपचार भइरहेको छ । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

रुपन्देहीमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २६ वर्षीय सुवाष यादव रहेको प्रहरीले जनाएको छ ।  उनले त...

माघ ७, २०७८

सैनिक नेतृत्वले आफूप्रति पूर्वाग्रह राखेर म्याद थपका लागि सिफारिस नगरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका उपरथी अनन्त कार्कीले अवकाश पाउने भएका छन् । मन्त्रिपरिषद्को २० पुसको बैठकले कार्कीलाई छा...

माघ ७, २०७८

बैंकिङ कसूरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति शुक्रवार जेल चलान भएका छन् ।  दोलखा घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय  जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी...

माघ ८, २०७८

श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लालुले...

माघ ८, २०७८

जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित २ जनालाई शुक्रवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरप...

माघ ७, २०७८

महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गरेर बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।  महाशाखाले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई काठमाडौं ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...