×

NMB BANK
NIC ASIA

मोतिपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न आयोगको आग्रह

असोज २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ ।

Muktinath Bank

रुपन्देहीस्थित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिलाई सुरक्षाकर्मीले हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर ४ जना प्रदर्शनकारीको मृत्यु र घाइते भएको घटनालाई लिएर आयोगले निष्पक्ष छानबिन गर्न माग गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘व्यक्तिको ज्यानै जाने गरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भने, ‘घाइतेको निःशुल्क उपचार गराउन तथा वास्तविक घरबारविहीनको पहिचान गरी यथोचित स्थानमा बसोबासको व्यवस्था मिलाउनुपर्छ ।’
     
आयोगले घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिनका लागि संयममता अपनाई विवादको समाधान वार्ताको माध्यमबाट गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध समेत गरेको छ ।


Advertisment
Nabil box
Kumari

आयोगका प्रवक्ता डा. पोखरेलका अनुसार घटनाको आयोगको लुम्बिनी प्रदेश कार्यालय बुटवलले अनुगमन शुरू गरेको छ । आयोगको टोलीले घटनाका सम्बन्धमा प्रारम्भिक अनुगमन गर्दा सुरक्षाकर्मीले प्रस्तावित औद्योगिक क्षेत्रको जग्गामा बनाइएका अस्थायी घरटहरा र प्रदर्शनकारीलाई हटाउने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको पाइएको छ ।

Vianet communication
Laxmi Bank

झडप हुँदा प्रदर्शनकारीतर्फ ४ जनाको मृत्यु भएको, सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ गरी ६० जना जति व्यक्तिहरू घाइते भएका, समाचार संकलनमा गएका पत्रकार समेत प्रदर्शनकारीको निसानामा परेका, गम्भीर घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाडौं पठाइएको तथा अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मृतकमध्ये १ जनाको मात्र सनाखत भएको र हाल घटनास्थलमा थप सुरक्षाकर्मीहरू परिचालन गरिएको पाइएको छ । यस घटनाबाट व्यक्तिको बाँच्न पाउने अधिकारको गम्भीर हनन हुन पुगेको आयोगले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x