×

NMB BANK
NIC ASIA

दसैंमा उपभोग्य वस्तुको आयात बढ्यो

असोज २७, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels
Marvel

नेपालीहरूको महान् चाड दसैंमा उपभोग्य वस्तुको आयात ह्वात्तै बढेको छ। खाद्य वस्तु, लत्ताकपडादेखि घरायसी प्रयोगका सामानको आयात बढेको भन्सार विभागले जनाएको छ। यस्तै, पेट्रोल, डिजेल, एलपीजी ग्यास, गाडी, इलेक्ट्रोनिक सामान, सुनचाँदीको आयात पनि बढेको छ। 

Sagarmatha Cement
Muktinath Bank

अघिल्लो महिनाको तुलनामा दसैंमा ७० प्रतिशतले आयात बढेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।  खाद्यन्न, लुगाकपडा, माछा÷मासुसँगै नयाँ गाडी र इलेक्ट्रोनिक सामानहरूको खपत बढ्ने गरेको छ। अरू समयभन्दा दसैंमा नयाँ सामान जोड्ने र मीठो खाने प्रचलन छ। यसले उपभोग्य वस्तुहरूको खपत बढाइरहेको छ। यो महिना ४६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको छ। विभागले चालू महिनामा ४४ अर्बको राजस्व लक्ष्य राखेको थियो। निर्धारित समयभन्दा पहिले नै राजस्व लक्ष्य पूरा भएको प्रवक्ता खड्काले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारमा महँगी भने अचाक्ली बढेको छ। कालोबजारी ऐन २०३२ अनुसार आयात लागतको २० प्रतिशतभन्दा बढीले बजार मूल्य निर्धारण गर्न पाइँदैन। वास्तविकतामा भने बजार भाउ ३ देखि ४ सय प्रतिशतसम्म बढी छ। व्यावसायिक घरानाको हस्तक्षेप, फितलो अनुगमन प्रणाली, समान दण्डजरिवानाको व्यवस्था नहुनु जस्ता कारणले बजार भाउ नियन्त्रण बाहिर रहेको अर्थविद् बताउँछन्। 


Advertisment
Nabil box
Kumari

यसपटक बजारमा दसैंका लागि नयाँभन्दा पुरानै रेडिमेड लुगाको स्टक छ। कोभिड– १९ का कारण तातोपानी र रसुवा नाकामा कोटा प्रणालीमा गाडी छोड्ने हुँदा पर्याप्त मात्रामा नयाँ लुगा नआएको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए। रेडिमेड लुगाका लागि नेपालको आयातको मुख्य केन्द्र चीन हो। अन्य समयभन्दा दसैंमा नयाँ लुगाको माग ३५ प्रतिशतले बढ्छ। त्यसैगरी व्यापार पनि बढी नै हुने गरेको छ। तर, बजारमा मागको ४० प्रतिशत पनि आयात गर्न नसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। अहिले तातोपानी नाकाबाट दैनिक १२ गाडी र रसुवा नाकाबाट दैनिक ७ देखि ९ वटा गाडी मात्रै छाड्ने गरिएको छ। सामान नाकामा होल्ड हुँदा आएका सामानहरूको लागत बढ्ने र बजारमा महँगोमा बेच्नुपर्ने उनले जानकारी दिए। दुवै नाकामा गरी करिब  ५ सय गाडी होल्डमा बसेका छन्। 

Vianet communication
Laxmi Bank

६० प्रतिशत खसीबोका खपत 
अरू बेलाभन्दा दसैंमा ६० प्रतिशतले खसीबोकाको खपत बढ्ने गरेको पशु सेवा विभागका वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए। उपत्यकामा मात्रै ५० हजार बढी खसीबोकाको माग हुने गरेको छ। दसैंको समयमा मात्रै करिब ६० अर्ब रुपैयाँ बराबरको मासु खपत हुने गरेको उनले बताए। नेपालमा मासुको वार्षिक खपत भने ५ लाख ५३ हजार मेट्रिक टन छ। मागको करिब १० हजार खसीबोका मात्रै आयातित हुने गरेको उनले बताए। आन्तरिक उत्पादनबाट नै अहिले खसीबोकाको माग धान्न थालिएको छ। 

खसीबोकाको ६ देखि साढे ७ सय र च्याङ्ग्राको मूल्य १ हजार ३ सय रुपैयाँ प्रतिकिलो छ। राँगा ४ सय, बंगुर, ५ सय र कुखुराको प्रतिकिलो ३ सय रुपैयाँ माथि मूल्य छ। विभागले मासुका लागि खसी किन्दा स्वस्थताको प्रमाण हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि १ हजार ९ सय ५९ वटा खसीबोका ल्याएको थियो। कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीका अनुसार मंगलबारसम्म ती खसीबोका बेचिसक्ने लक्ष्य राखेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा सुनिता कार्कीले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x