रक्सी खाएर प्रेमिका भेट्न जाँदा कार दुर्घटना : ज्यान त जोगियो तर बुवा बन्न नसक्ने !

मान्छेको सामान्य लापरवाहीले पनि जिन्दगी बर्बाद हुनसक्छ । कतिपय दुर्घटनामा त मान्छेले ज्यानै गुमाउँछन् ।


Advertisement

द सन यूकेमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको सेन्ट लुइसमा प्रेमिकालाई भेट्न जाने क्रममा सन् २०१४ मा २९ वर्षीय पउल बेरी कार दुर्घटनामा परे ।


Advertisement

बेरीले रक्सी सेवन गरेका कारण दुर्घटना भएको र उनी गम्भीर घाइते भएका समाचारमा उल्लेख छ । घटना पुरानो भए पनि बेरीले हालै सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गरेका छन् ।

प्रेमिकालाई भेट्न जाँदा भएको दुर्घटनाका कारण उनले आफ्नो यौनाङ्ग र अण्डकोष समेत फाल्नुपरेको समाचारमा उल्लेख छ । जसले गर्दा उनी अब बुवा बन्न पाउने छैनन् ।


Advertisement

दुर्घटनामा कार पल्टिएर बेरीको शरीरमाथि परेको थियो । कारले उनको घाँटी, कम्मर, यौनाङ्ग, अण्डकोष र नाकमा गम्भीर चोट लागेको थियो । घटनामा कार समेत क्षतविक्षत भएको थियो ।

गम्भीर घाइते भएका बेरीलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनी बेहोस नै रहेका बेला ज्यान जोगाउन चिकित्सकहरूले उनको यौनाङ्ग र अण्डकोष निकालेर फालिदिएका जनाइएको छ ।

घटना पुरानो भएपनि पीडा ताजै रहेको बेरीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्