×

NMB BANK
NIC ASIA

बैंकको २१ लाख ७० हजार लुटमा संलग्न १ नेपालीसहित ३ जना पक्राउ

असोज २७, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बीपी चोकस्थित सिटिजन्स बैंकमा असोज २५ गते अपराह्न ३ः४५ बजे २१ लाख ७० हजार रुपैयाँ लुटपाट घटनामा संलग्न भई पक्राउ परेका ३ जनालाई बुधवार प्रहरीले सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा–४ का ३० वर्षीय विजय सहनी (गोली लागेर घाइते)लाई सार्वजनिक गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुटपाटपछि घाइते सहनीलाई को२५प ३८९९ नम्बरको मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान–२ खयरबना चोकबाट स्थानीयको सहयोगमा प्रहरीले १५ मिनेटको अवधिमा पक्राउ गरेको हो । 


Advertisment
Nabil box
Kumari

यादव भारत फरार भइसकेको अवस्थामा गोली लागेर घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनः मोटरसाइकलमा जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । लुटपाटमा ९ जना संलग्न रहेकामा ७ जना बैंकमा प्रवेश गरेका, १ जना बाहिर बसेको र अन्य १ जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

Vianet communication
Laxmi Bank

लुटपाटमा संलग्न ६ जना भारततर्फ फरार रहेको आशंका गरिएको र चाँडै पक्राउ गरी सार्वजनिक गरिने उनले बताए । आरोपीहरूले विगत केही दिनदेखि बैंकको अनुगमन गर्नुका साथै भीडभाड नभएको समय हेरी लुटपाट गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम श्रेष्ठले बताए ।

लुटपाटको प्रतिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड शीतल कुमाल गोली लागेर घाइते भएका र विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ । निजहरूको साथबाट कटुवा पेस्तोल १ (लोडेड गोलीसहित), सानो मोबाइल १, पेस्तोलको नपड्किएको राउन्ड १ र खोका १ बरामद गरिएको छ ।

बैंकले प्रारम्भिकरूपमा २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको जनाए पनि लिखितरूपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

होजियारी उद्योग सञ्चालन गरेका मुख्य योजनाकारका रूपमा रहेका मुखियाले चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अपराधी हुन् । निजहरू उपर हातहतियार खरखजना, डकैती, संगठित अपराध तथा ज्यान मार्ने उद्योग गरी ४ वटा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x