कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
म्याग्दीमा ३५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।
विद्युत् विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका ३ वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।
कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ८३.५ मेगावाट क्षमताका ३ वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले २२० केभी क्षमताको दाना सवस्टेसन निर्माण पूरा र १३२ केभी क्षमताको डाडाखेत–राहुघाट सवस्टेसन तथा प्रसारण लाइन निर्माणको तयारीसँगै कालीगण्डकी, म्याग्दी र राहुघाट तथा सहायक नदीहरुमा जलविद्युत् आयोजना निर्माणले तीब्रता पाएको बताए ।
सबैभन्दा बढी १० वटा जलविद्युत् आयोजना रहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । हाइड्रो इम्पाएर प्रालिले धवलागिरि गाउँपालिकामा २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणका लागि पहुँचमार्ग खन्न थालेको छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका निर्माण गरिरहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको हालै सुरुङ निर्माण सकिएको छ । निलगिरि हाइड्रोपावर लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ३८ मेगावाट क्षमताको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि खोला दोस्रो (क्यासकेड) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
तुदी पावर कम्पनी प्रालिले रघुगंगा गाउँपालिकामा ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको काम एकैसाथ गरिरहेको छ । ह्युम कन्सल्टले अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माणका लागि पहुँचमार्ग निर्माण सकेको छ । संयुक्त ऊर्जा प्रालिले रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा २१.३० मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण शुरू गरेको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको ३ वर्षअघि शिलान्यास गरेपनि गति लिन सकेको छैन । रिसर्च एण्ड डेभलपमेन्ट ग्रूपले अन्नपूर्ण गाउँपालिका–३ दानामा ४ मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको अनुमति पाएपनि रुप्से झरनाको सौन्दर्यमा असर पर्ने भन्दै स्थानीयबाट विरोध भएपछि काम शुरू गरेको छैन ।
अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माणको तयारीमा रहेको छ । हाइड्रो सपोर्ट प्रालिले अन्नपूर्ण गाउँपालिकामा ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।
अप्पर म्याग्दी हाइड्रोपावर लिमिटेडले धवलागिरि र मालिका गाउँपालिकामा ५३.५० मेगावाट क्षमताको अप्पर म्याग्दी पहिलो जलविद्युत् आयोजना निर्माणको तयारी गरेको जनाएको छ । एभरेस्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि गाउँपालिकामा १४.७० मेगावाट क्षमताको मुदीखोला र हाइड्रो भिलेज प्रालिले ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण गर्न मलेसियन कम्पनीसँग हालै लगानी सम्झौता र निर्माण कम्पनी छनौट गरेको छ ।
५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी, ५.५ मेगावाटको बगरखोला र २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजनाले निर्माणका लागि अनुमति मागेको विद्युत् विकास विभागले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...