सिन्छंजी चर्चले साताव्यापी गोष्ठी सञ्चालन गर्ने

महामारीले सिर्जित मानवताको वर्तमान र भविष्यको अनिश्चिताबीच कोभिड बारेको भ्रामक सूचना, चिकित्सा क्षेत्रप्रतिको विश्वासमा कमी र धार्मिक जगतमा फैलिएको भ्रमले आम नागरिकको दैनिक जीवनमा चुनौती बढाएको छ ।


Advertisement

संयुक्त राज्य अमेरिकामा कोभिड विरुद्धको खोपलाई ‘पशुको चिह्न’ भनेर अफवाह फैलिरहेको छ ।


Advertisement

बाइबलमा उल्लेखित यो शब्दावली जसलाई ‘महाविनाश’को रूपमा प्रकाश १३ अध्यायमा लेखिएको छ, यसलाई शैतानसँग जोड्नुका साथै परमेश्वरबाट अलग्गिने कुराको रूपमा व्याख्या गरिन्छ्र ।

धार्मिक क्षेत्र बाहेकका आम मानिसले पनि, के कोभिड १९ ले ‘पृथ्वीको अन्त्य’को संकेत गर्दछ भन्ने प्रश्न बारम्बार गर्दै आएका छन् ।


Advertisement

यी र यस्ता विषयहरूबारे छलफलका लागि सिन्छंजी चर्चले ‘परमेश्वरको नयाँ करार, ज्ञानको अगम्वानी परिपूर्ति भएको गवाही’ शीर्षकमा अक्टोबर १८ देखि डिसेम्बर २७ तारिकसम्म साताव्यापी गोष्ठी सञ्चालन गर्ने घोषणा गरेको छ ।

यूट्युबमा प्रत्यक्ष प्रसारण गरिने यो गोष्ठीले को, के, कहिले, कहाँ, किन, कसरी विधिमा आधारित रहेर प्रकाशको प्रत्येक अध्यायमा उल्लेखित अगम्वानीको समेत व्याख्या गर्नेछ ।

गोष्ठीका प्रशिक्षकमध्ये अध्यक्ष मान हि लि पनि एक हुनुहुन्छ, जसले प्रकाशमा उल्लेख गरिएका घटनालाई वास्तविक संसारमा भौतिक रूपबाट पूरा भएकोलाई साक्षीको रूपमा देखेको बताउनुहुन्छ । (प्रकाश २२ः१६)

यसअघि अगस्त महिनामा आयोजित गोष्ठीमा विश्वभरका १७०० पास्टर र २८ हजार मानिसले सहभागिता जनाएका थिए । सिन्छंजी चर्चका अन्तर्राष्ट्रिय मिसन विभागका महानिर्देशक किम शिन छाङका अनुसार यस गोष्ठीले प्रकाशका साथै बाँकी बाइबलमा उल्लेख गरिएका विषयवस्तुलाई समेत बुझ्न सहयोग गर्नेछ ।

सिन्छंजी चर्चले अगाडि भनेको छ, ‘प्रकाशको पुस्तक दृष्टान्तमा लेखिएको हो, यसलाई वास्तविक संसारले विश्लेषण गर्न सक्दैन । मानवीय सोच र गैर बाइबलीय सिद्धान्तले आम मानिसलाई भ्रमित बनाएको छ ।’

प्रकाशको सही अर्थ बुझ्नका लागि दृष्टान्तमा उल्लेख गरिएका अगम्वाणीहरू बाइबलका अनुसार पूरा भएको छ कि छैन भन्ने कुरालाई विचार गर्न समेत सिन्छंजीले जोड दिएको छ ।

तपाईं सो गोष्ठी यूट्युबमा ‘परमेश्वरको नयाँ करार, ज्ञानको अगम्वानी परिपूर्ति भएको गवाही’ खोजेर हेर्न सक्नुहुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्