मासुको विषयमा विवाद हुँदा बुवाले गरे छोराको हत्या

मासुको विषयमा विवाद हुँदा बुवाले गरे छोराको हत्या
प्रतिकात्मक तस्वीर

मासुको विषयमा विवाद हुँदा बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।


Advertisement

सल्यान जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । 


Advertisement

घरमा दशैंको मासुको विषयमा घरमा बुवाछोराको सामान्य विवाद भएकोमा बुवाले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

मंगलवार राति करीब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


Advertisement

शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । 

कमेन्ट गर्नुहोस्