×

NMB BANK
NIC ASIA

तयार हुँदै माछापुच्छ्रेको ‘सिंहदरबार’ !

असोज २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिंहदरबार’तयार हुने भएको छ । पाँच  स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुङ्गो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनीक भवन बनाउन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ ।

Vianet communication
Laxmi Bank

हाल गाउँपालिकाको प्रशासनीक कार्य साविक गाविस कार्यालय भवनको मर्मत सम्भार गरेर सञ्चालन हुँदै आएको छ । 

प्रशासनिक भवनको स्ट्रक्चरको काम सकिएर अहिले रङ्गरोगन र वायरिङ सुरु गरिएको गाउँपालिकाका सबइञ्जिनीयर राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ । 

आगामी मङ्सिर महिनाभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ । 

उनले भने, “प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको कम्पाउण्डको केही भाग, पार्किङ र रङ्गरोगन बाहेक अन्य काम सकिएको छ । ”

संरचनाहरु बनेर प्लास्टर सकिएको । विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो/जिएस इन्जिीनियरिङ जेभीसँग ठेक्का सम्झौता भएकामा निर्माण कम्पनीले तोकिएको मितिभन्दा तीन महिना अगावै सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । 

विद्युतीय भर्‍याङ (लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । 

यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल हुनेछ । 

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले आफूहरुको कार्यकालभित्रमा अत्याधुनिक भवनबाट सेवा प्रवाह हुने बताए ।

अन्य स्थानीय तहले भन्दा आफूहरुले प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेकाले त्यो सम्भव भएको उनले बताए ।

उनले भने, “हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन गरेर राम्रोसँग कुर्सी टेबल समेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमा नै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौँ ।”

गाउँपालिकाले चालू वर्षमा प्रशासनिक भवनमा फर्निचर लगायत कार्यालयको व्यवस्थापनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष दवाडीले जानकारी दिए । 

नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिक सहित कृषि, स्वास्थ्य, शिक्षा,सामाजिक विकास लगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ । 

भवन भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोषबाट रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख लगानी गरेकामा बाँकी रकम गाउँपालिकाले लगानी गरेको छ ।

निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि डम्बरराज ढकालले ढिलोमा मङ्सिर महिनाभित्रमा सबै काम सकेर गाउँपालिकालाई भवन हस्तान्तरण गरिने जानकारी दिए ।

 लिफ्टका सामग्री भन्सार आइपुगेकाले दसैँ लगत्तै निर्माणस्थलमा ल्याइने जानकारी दिँदै उनले ‘फिनिसिङ’को कार्य जतिसक्दो चाँडो सम्पन्न गरिने बताए । कृष्ण दवाडी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x