असार २०, २०७९
प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरूमाथि छलफल हुनेछ । संसदको सचिवालयका अनुसार आज सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्...
काठमाडाैं | असोज २९, २०७८
वियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । औषधीय गुणले युक्त जौको जमराले १०० भन्दा बढी रोग निको हुने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउँछन् ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।
नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । शरद ऋतुको घमाइलो वातावरणले पनि दसैँको आनन्द अझ बढ्ने गर्छ । अझ गाउँघरका फाँटमा भरिभराउ पहेँलो धानले पनि समृद्धिका रुपमा दसैँलाई स्वागत गरिहेको हुन्छ ।
प्रतिनिधि सभा बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरूमाथि छलफल हुनेछ । संसदको सचिवालयका अनुसार आज सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्...
नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ...
नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई १० बुँदे विकल्प दिएको छ । सोमवार प्रधानमन्त्री तथा उद्योगमन्त्रीलाई पत्र लेख्दै निगमले इन्धन खपत घटाउने बुँदासहित सुझाव दिएको हो । निगमले ...
२०७४ सालको प्रतिनिधि सभा चुनावमा ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि धनगढीमा घर नै किनेर चुनावी अभियान थालेकी प्रधानमन्त्रीपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवाले यसपटक मिति घो...
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादील...
काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत अवस्थामा कर्मचारी भेटिएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । आइतबार राति स्कुल प्रशासन र मृतक रमा रायमाझीको परिवारबीच सहमति भएसँगै तनाव साम्य भएको हो । छलफल...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...