×

NMB BANK
NIC ASIA

जीवनका ८६औं वसन्त पार गरिसकेकी तेजकुमारी पोखरेल (उपाध्याय) यतिबेला पनि बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा एल्कै रमाउँछिन् । २ वर्षअघि ८४ दान गरिसकेकी तेजकुमारी अहिले सबैकी हजुरआमा भएकी छिन् ।

Muktinath Bank

तेजकुमारीको जन्म पाल्पाको माडीमा भएको हो भने उनको कर्मघर चाहिँ पाल्पाकै रामपुर डुम्रीमा हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विक्रम संवत् १९९२ सालमा जन्मिएकी तेजकुमारीको बिहे आफूभन्दा १ वर्ष कम उमेरका तोयनाथ पोखरेलसँग ७ वर्षको उमेरमा भएको उनले बताइन् । तेजकुमारीलाई अहिले बिहे भएको हो भनेर बताउने गरेकाहरू पनि जीवित छैनन् । उनलाई आफ्नो बिहे भएको केही सम्झना छैन । अरुले भनेकै भरमा उनले आफ्नो बिहेको उमेर याद गरेकी छन् ।


Advertisment
Nabil box
Kumari

बिहे भएको ३ वर्षमै कटहरको रूखबाट लडेर तेजकुमारीका पति तोयनाथ बितेका थिए । १० वर्षको उमेरमै तेजकुमारी एक्ली भइन् । उनको परिवारका धेरै सदस्यको कुजिने रोग लागेर मृत्यु भइसकेको थियो । सासु पनि कुजिएकी थिइन् । बुहारी ल्याएपछि स्याहारसुसार गर्छिन् भनेर तोयनाथको तेजकुमारीसँग ६ वर्षकै उमेरमा विवाह गरिदिएका थिए ।

Vianet communication
Laxmi Bank

उमेर बढ्दै गयो, उनी जवान भइन् । न कसैले उनलाई फेरि बिहे गरिदिनुपर्छ भने न उनको बिहे गर्ने चाहना नै भयो । जीवन एक्लै बिताउँदै उमेर ढल्किँदै गयो उनको । 

समयको फेरो धेरै घुमिसक्यो । जीवनका ८ दशक एक्लै बिताएकी तेजकुमारीका दुःखकष्टका थुप्रै स्मरण मानसपटलमा छन् । ‘दुःख के हो’ मलाई सोधे हुन्छ भन्छिन् तेजकुमारी । ‘मेरो कर्म यस्तै रहेछ । जे पाएँ त्यो भोगे । अहिले मलाई कुनै गुनासो छैन जीवनसँग,’ तेजकुमारी भन्छिन् ।

२०३५ सालमा उनी बहिनीज्वाइँको साहारमा बटौली (बुटवल) झरिन् । उनीसँग अलिअलि गरेर जम्मा गरेको पैसा २९ हजार पुगेको रहेछ । त्यहीँ पैसाले उनले २०३७ सालमा बुटवलको मिलनचोकमा २ कट्ठा जग्गासहित २ तले घर किनेर बुटवल बस्न थालिन् ।

बजार झरेपछि आर्थिक अभाव बढ्दै गयो । खान लगाउन पुगेन । दिनचर्या चलाउन गाह्रो भएपछि त्यहीँ घरजग्गा केही वर्षपछि बिक्री गर्न बाध्य भएको उनी बताउँछिन् । अहिले उनी आफ्नी साइली बहिनीको घरका बस्दै आएकी छन् ।

जीवनका ९ दशक पुग्न लागेकी उनी एक्लै बस्छिन्, आफैं पकाउँछिन्, खान्छिन् । लुगा कपडा आफैं धुन्छिन् । धर्मकर्ममा विशेष रुचि छ । चाडपर्वप्रति पनि उस्तै । चाडपर्व आउँदा उनलाई पनि बेग्लै अनुभूति हुन्छ । उनी दैनिक पूजाआजा गरी दिनको शुरूआत गर्छिन् । 

बाल्यकालको दशैंबारे तेजकुमारीलाई खासै याद छैन । उनी युवा अवस्थाकी भएपछि २०१० सालतिरदेखि चाडवर्पको सम्झना चाहिँ छ । दशैंको बढी सम्झना अझै ताजै छ ।

‘उहिलेको दशैं रहरको हुन्थ्यो । गाउँमा खसी काट्न बडादशैं नै पर्खिएर बस्नुपर्थ्यो । मिठो मसिनो खान चाडवाड नै कुर्नुपर्थ्यो । अहिलेको जमानामा त केको दशैं ? सधैं जतिसुकै बेला दशैं आएको छ,’ तेजकुमारी भन्छिन् ।

‘घटस्थापनादेखि दशैंसम्म प्रत्येकका घरमा बिहान उठेर घरघरमा दैनिक दुर्गा पूजा गर्थे । विशेष विधिविधान बनाएर मन्दिर र कोट जान्थे, कोटमा बोका काट्थे । मगर र अन्य जातिले पाडाहरू पनि काट्ने गरेका थिए,’ तेजकुमारीले भनिन्, ‘अष्टमीको दिन फलफूल मात्र खान्थे । भात खान हुँदैन भन्ने मान्यता थियो । दशैं आउने बेलामा बटौली (बुटवल) नून र वरापरि (गुन्यूचोलो) किन्न लोग्ने मान्छेहरू झर्थे । मरमसला, थानका कपडा, टुकी बाल्ने मट्टितेल र केही खिस्रीमिस्री सामानको ठूलो भारी बोकेर तराईबाट पहाड उक्लिनेहरूको ठूलो लर्को लाग्थ्यो । बटौली गएर फर्किन ३–४ दिन लाग्थ्यो । दशैंलाई रोटी बनाउन महिलाहरू रातभर ढिकी झाँतो चलाउँथे ।’

उनले भनिन् – आँटीमा रहेको भकारीबाट धान झिकेर दशैंका लागि सुकाइन्थ्यो । कमेरोले घर लिपपोत गरिन्थ्यो । रातो माटो र कमेरो खोज्न घरबाट टाढा–टाढासम्म जंगलमा जानुपर्थ्यो । त्यो बेलाको जस्तो समय र समाज अहिले रहेन । दशैंमा केटाकेटी बुवाआमाले टीका लगाएर पैसा दिन्छन् भनी व्यग्र प्रतिक्षा गर्थे । त्यो बेलामा टीका लगाइदिँदा छोरीलाई मात्र पैसा दिन्थे । छोरालाई टीका मात्र लगाइदिन्थे । अहिले सबैलाई पैसा दिनुपर्छ । केटाकेटीलाई १–२ पैसा दिन्थे । विवाह गरेर माइतीमा आएकी छोरीलाई २० पैसासम्म दिन्थे भने ज्वाईलाई ५० पैसा दियो भने धेरै राम्रो दक्षिणा भन्थे । एकमुठी ढेके (सिक्का) पैसा जम्मा गरेर धेरै बनाउथिमँ । टीका लगाएर १ रुपैयाँ पुर्‍याउनेलाई भाग्यमानी मान्थे । 

बिहे भएको घरमा कुराउने घोट्ने चलन हुन्थ्यो । ताउलाभरी कुराउने घोट्थे । दशैंका लागि भनेर ६ महिनाअघि नै खसी पाल्न थाल्थे । कुन घरको खसी कति ठूलो छ भनेर गाउँमा कुरा चल्थे । किनभने ब्राह्मण समुदायमा दशैंमा खसी काट्थे । भोटेहरू भेडा च्यांग्राका बथान लिएर गाउँगाउँ डुल्थे । केही पैसा हुनेले च्यांग्रा राख्थे । च्यांग्राको मासु मिठो हुने खानेहरूले बताउँथे तर मैले कहिल्यै मासु खाइनँ । दशैंमा अहिले जस्तो फुर्मास खर्च गर्ने जमाना थिएन । आफूले जति सकिन्छ, त्यसैमा रमाउने चलन थियो । अहिलेजस्तो देखासिकी त्यो बेला हुँदैन्थ्यो ।

दशैं लागेपछि हामी गाउँभरिका मान्छे भेला भएर रमाइलो गर्थ्यौं । हामीलाई दिउँसोभन्दा राति रमाइलो हुन्थ्यो । राति गाउँको एक ठाउँमा भेला भएर रोदी गीत, दोहोरी गाउँदै नाचगान गर्थे । रातभरि बस्दा पनि त्यतिबेला कसैको डर हुन्नथ्यो । चौरमा लिङ्गे पिङ राख्थे । पिङका लागि लठो बाट्न बाबियो घाँसको प्रयोग गरिन्थ्यो । रातिमा लठो बाटिन्थ्यो । लठो बाट्ने काम प्रायः पुरूषहरूले गर्थे ।

चाडपर्वमा महिलालाई अझै घरको काम बढी गर्नुपर्थ्यो । घर पोत्ने, आँगनको डील लगाउने, आँगन लिपपोत गर्ने घरगोठको सबै काम आइमाइले नै गर्नुपर्थ्यो । दशैंपछि धान, कोदो काट्ने हुँदा आँगनलाई चिटिक्क पारेर लिपपोत गर्नुपर्थ्यो ।  पुरूषहरू पिँढीमा बसेर भुसाहा (चुरोट, बिँडी) तान्ने, गाईवस्तु चराउने र घाँसदाउरा मात्र गर्थे ।

तेजकुमारीलाई दशैं आदर प्रकट गर्ने, आशिर्वाद थाप्ने र शुभकामना आदानप्रदान गर्ने उत्सव लाग्छ ।

उनी बुटवलमा झर्दा बुटवलमा फाटफुट मात्र घरहरू थिए । बजार अहिलेजस्तो चहलपहल थिएन । भन्छिन्, ‘अहिले समयसँगै चाडपर्व र संस्कार र संस्कृतिहरू पनि बदलिँदै गए । पुरानो वास्तविक चाडहरूको परिमार्जन हुँदै गएका छन् ।’

अहिलेको दशैं उहिलेको जस्तो छैन, धेरै परिवर्तन आएको छ, चाडपर्वको नाममा विदेशी संस्कृतिहरू भित्रिएका तेजकुमारीले बताइन् । ‘यसलाई रोकेर नेपाली वास्तविक संस्कृति अनुसारको चाडपर्व मनाउनुपर्छ । नेपाली धर्म संस्कृतिलाई जोगाउनुपर्छ,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x