×

X
Dabur
Nic Asia
Marvel

सखिया नृत्यको रौनकता हराउँदै

कञ्चनपुर | असोज २९, २०७८

फाइल फोटो
TVS INSIDE

दशैंमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दशैंसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोट्याएर ५ देखि ३ दिन मात्रै देखाउन थालिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए । ‘सखिया नृत्य सामूहिकरूपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ,’ उनले भने, ‘त्यसैले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएका छौं ।’

गाउँका अधिकांश व्यक्ति व्यावसायिक कार्यमा संलग्न भएकाले पनि पहिला जस्तो सबैसँग फुर्सद नहँुदा समेत नृत्यको पहिला जस्तो महत्त्व नरहेको उनले बताए ।

Vianet communication
Maruti inside

उनका अनुसार पहिला कम्तिमा १ महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पट्यार लाग्ने भएपछि हाल सखिया नृत्य छोटो अवधिमा देखाइने अर्को कारणका रुपमा रहेको छ । ‘धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा बुढापाकाकोे अटुट आस्था र धार्मिक विश्वास रहेकाले हालसम्म जोगाउन सकिएको छ,’ उनले भने, ‘सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको सखिया नृत्य जोगाउनका लागि युवा पनि सक्रिय भएर लागेका छन् ।’

सामूहिकरूपमा देखाइने सखिया नृत्य गाउँका घरघरमा गएर देखाउने चलन थारु समुदायमा रहेको छ । थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ ।

गुरुवा (झाँक्री) ले तान्त्रीक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ ।

सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा ४ जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीचबीचमा गीतलाई फरक–फरक भाका हालेर गाउने गरिन्छ ।  

मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बुद्धिराम चौधरीले बताए । नृत्यमा गीत गाउने महिलाको अगुवाई गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य गर्दछन । जसलाई थारु भाषामा खोट (पैंया) भन्ने गरिएको छ । 

पैंया २२ प्रकारको हुने गरेको भएपनि हाल मदारीले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्ने थारु अगुवाको भनाइ रहेको छ । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरिरलाई मोडेर विभिन्न मुद्रामा पेश गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चितस्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ ।

अष्टमीको रातभरि आयोजना गरीने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको उल्लेख गर्दै थारु संस्कृतिका जानकार धनबहादुर चौधरीले भने, ‘यस दिन थारु समुदायले कुभिण्डोको भेडा बनाइ बलि दिने परम्परागत चलनसमेत रहेको छ ।’ 

पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्य हुनेभएपनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गि ऐना जडान गरेका लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई नवमी र दशैंमा दिउसो नाच्ने गरिन्छ । दिउँसो पख् नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लिलालाई आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् ।

यस नृत्यलाई दशैंका दिन धनी, गरीब, गाउँका मान्यजन सबैका घर घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सिएर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदा समेत सखिया लगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ । – राजेन्द्रप्रसाद पनेरु/रासस

TATA Below
NLIC
साउन १७, २०७९

श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नागराज वासुकीको मन्दिरमा १०० भक्तजनले आज विशेष पूजा गरेका छन् ।  नागपञ्चमीका अवसरमा एउटा विशेष पूजाको रु सात हजार ५०० को र...

साउन २१, २०७९

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

साउन १७, २०७९

ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ ।  नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्ता...

साउन १७, २०७९

कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ ।  यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्यरूपमा मनाउन भक्तपुर नगरपालि...

साउन १९, २०७९

म्याग्दी सदरमुकाम बेनीमा २५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मंगलवार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ ।  करीब ३०० वर्ष अघि भक्तपुरबाट न...

साउन २३, २०७९

मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ । नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैप...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x