×

NMB BANK
NIC ASIA

देखिएन दशैँको चहलपहल

असोज ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पामा पनि शुक्रवार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा विजयादशमीको टीका लगाइएको छ । नेपालीहरुको महान् पर्व दशैँमा यसवर्ष यहाँ त्यति चहलपहल देखिएन । 

Sagarmatha Cement
Muktinath Bank

टीका ग्रहण गर्न र आशीर्वाद लिन नागरिकहरु घरभित्रै सीमित रहेको पाइएको छ । कोरोना महामारीको जोखिम अझैपनि रहेकाले परिवारभित्रै मान्यजनका हातबाट टीका ग्रहण गरेर दशैँ मनाइएको बताउँछन् पाल्पा रामपुरका दीपेन्द्र भट्टराई । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“कोरोनाको असर अझैपनि कायमै छ, गतवर्ष र यसवर्ष घरपरिवारसँगै स्वास्थ्यका मापदण्ड अपनाएर टीका ग्रहण गर्ने काम भयो, विगतका वर्षमा जस्तो यस वर्ष दशैँको खासै उमङ्ग छैन, परम्परा धान्ने काम मात्रै भयोे” उनले भने ।


Advertisment
Nabil box
Kumari

पहिलेका वर्षहरुमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन गाउँ गाउँमा आज टीकाको दिन निकै चहलपहल हुन्थ्यो । यस वर्षको दशैँमा अघिल्लो वर्षभन्दा केही बढी भएपनि आफन्त र नातेदारसँग मात्रै टीका ग्रहण गर्ने र आशीर्वाद थाप्ने गरिएको स्थानीय रुद्र नेपाली बताउँछन् ।

Vianet communication
Laxmi Bank

उनी भन्छन्, “पहिला त टीकाको शुभसाइतमा घरमा टीका लगाएर छरछिमेक र आफन्तकहाँ राति अबेरसम्म पनि पालैपालो पुग्ने गरिन्थ्यो, अहिले त्यसरी टीका लगाउने प्रचलन हट्दै गएको छ, कोरोनाको असरले पनि होला परिवार र आफन्तबीच मात्रै टीका लगाउने गरिन्छ ।” 
  
पिङ नखेली मनाइयो दशैँ

दशैँका बेला पिङ खेल्नुपर्छ भन्ने पुरानो मान्यता छ । वर्षमा एकपटक धर्ती छोड्नुपर्ने र दशैँमा पिङ खेलेर धर्ती छोड्नुपर्ने परम्परा रहेको बताइन्छ । यसपालि भने पिङ नखेलिकनै दशैँ मनाइएको रामपुरस्थित स्थानीय शारदा रेग्मीले बताए । 

'गाउँघरमा पछिल्ला वर्षहरुमा त पिङ राख्नै छाडे, अहिले त झन् कोरोनाको जोखिम पूरै हटेको पनि छैन । दशैँमा एक पटक भएपनि पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । पिङ बिनाको दशैँ खल्लो जस्तै भयो” उनले थपे, “दशैँको टीका लगाएपछि आफन्त र साथीभाइसँग गाउँमा पिङ खेलेर रमाइलो गरिन्थ्यो ।” पिङले दशँैमा छुट्टै रौनक ल्याउँथ्यो तर पछिल्लो समयमा यो परम्परा पनि हराउँदै जाँदा दशँैमा पहिला जस्तो हर्षोल्लास देखिँदैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x