×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

लेकाली समुदायमा न दशैं आउँछ न त तिहार

काठमाडाैं | असोज ३०, २०७८

NTC
TVS INSIDE

देशभर केही दिनदेखि दशैंको उल्लास रह्यो । मान्यजनको हातबाट टीका लगाउन र आशीर्वाद लिन प्रायः सबै व्यस्त भए, तर लेकाली समुदायमा न  दशैं आउँछ, न त तिहार नै ।

Sanima Bank
morang Auto yamaha

त्यही लेकाली समुदायका एक हुन्, ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।  

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दशैं तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए ।

मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दशैंको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए ।

सहर बजारमा दशैंको उत्साह छाए पनि हिमाली बस्तीमा दशैं तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

नेपाल प्रहरी र थानकोट जेसिजले निशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल नेपालमा तिब्र रुपमा बढ्दै गरेको ओमिक्रोन कोरोना सक्रमण दरलाई न्युनिकर...

माघ ९, २०७८

 वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूम...

माघ ९, २०७८

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालत बन्द हुने भएका छन् ।  सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ...

माघ ८, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो । पर्साको वीरगंज महानगरपाल...

माघ ९, २०७८

काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्न पाउने छन् । स्थानीय प्रशासनको आदेश अनुसार आज बिजोर गते भएकाले बिजोर नम्बर प्लेटको निजी तथा सार्वजनिक सवारी साधानमात्रै चल्न पाउने भएको हो । गत बिह...

माघ ९, २०७८

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना शुरू गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँद...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...