×

Nic Asia
Marvel

लेकाली समुदायमा न दशैं आउँछ न त तिहार

काठमाडाैं | असोज ३०, २०७८

NTC
TVS INSIDE

देशभर केही दिनदेखि दशैंको उल्लास रह्यो । मान्यजनको हातबाट टीका लगाउन र आशीर्वाद लिन प्रायः सबै व्यस्त भए, तर लेकाली समुदायमा न  दशैं आउँछ, न त तिहार नै ।

IME BANK INNEWS
morang Auto yamaha

त्यही लेकाली समुदायका एक हुन्, ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो ।


Advertisment
NMB BANK
Saurya island

समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।  

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

Vianet communication
Maruti inside

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दशैं तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए ।

मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दशैंको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए ।

सहर बजारमा दशैंको उत्साह छाए पनि हिमाली बस्तीमा दशैं तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ । 

TATA Below
NLIC
fman
जेठ ५, २०७९

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको मृत्यु भएको छ । बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको ह...

जेठ ४, २०७९

कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...

जेठ ५, २०७९

तनहुको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरुवाती अग्रता बनाएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार ब...

जेठ ४, २०७९

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आ...

जेठ ५, २०७९

काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।    कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उम...

जेठ ४, २०७९

विराटनगर ।  ४० वर्षदेखि पाल्दै आएको ‘टुपी’ काटिदिएको भन्दै मोरङका एक ब्राम्हणले  प्रहरीमा उजुरी दिएका छन् ।  टुपी काट्नेलाई कारबाहीको माग राख्दै उनले उजुरी दिएका हुन् ।  ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x