×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

तेह्रौँ शताब्दीमा निर्माण भएको बेनीकोत पुनःनिर्माण

काठमाडाैं | असोज ३०, २०७८

NTC
सांकेतिक तस्वीर
TVS INSIDE

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित  ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको  थियो । 

Sanima Bank
morang Auto yamaha

बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम सुरु गरेको हो । नगर कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको रु १३ लाखबाट कोतघर पुनःनिर्माण र व्यवस्थापनको काम थालिएको बताउनुभयो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

“रु पाँच लाखबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ”, उहाँले भन्नुभयो, “अर्को शीर्षकमा विनियोजन भएको रु आठ लाखबाट कोतघर पुनःनिर्माण गर्न लागेका छौँ ।” कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको बताउनुभयो । यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । 

साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ । विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो । प्राध्यापक कर्णबहादुर बानियाद्वारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ । ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरी  कोतघर पुनःनिर्माण गर्नुपर्ने स्थानीयवासी पदमबहादुर खत्रीले बताउनुभयो । कोतघरको संरक्षणसँगै त्यहाँ रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरी पुनःनिर्माण गर्न लागिएको हो । कोतघरमा बडादशैं र चैतेदशैंमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । यस स्थललाई पुनःनिर्माण र संरक्षण गर्नसके  पर्यटकका लागि आ

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्न पाउने छन् । स्थानीय प्रशासनको आदेश अनुसार आज बिजोर गते भएकाले बिजोर नम्बर प्लेटको निजी तथा सार्वजनिक सवारी साधानमात्रै चल्न पाउने भएको हो । गत बिह...

माघ ८, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो । पर्साको वीरगंज महानगरपाल...

माघ ९, २०७८

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालत बन्द हुने भएका छन् ।  सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ...

माघ ८, २०७८

श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लालुले...

माघ ८, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० जना...

माघ ९, २०७८

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना शुरू गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँद...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...