काभ्रेमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

काभ्रेमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

काभ्रेको कात्तिके देउरालीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस शनिवार भुम्लुटारमा दुर्घटना भएको छ । 


Advertisement

बिहान सवा ११ बजे बा १ ज ८९७६ नम्बरको माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 


Advertisement

‘मानवीय क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी हरि खतिवडाले भने, ‘सबै घाइतेहरूलाई अस्पताल लगिएको छ, दुई जनाको अवस्था गम्भीर छ ।’

माइक्रोबस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको छ । गाडीलाई ‘साइड’ दिने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खतिवडाले जानकारी दिए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्