×

Nic Asia
Marvel

अफगानिस्तानको कान्दाहारस्थित मस्जिदमा बम विस्फोट, ३२ जनाको मृत्यु

काठमाडाैं | असोज ३०, २०७८

NTC
TVS INSIDE

अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रवार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रवारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो । शुक्रवार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको थियो । 


Advertisment
NMB BANK
Saurya island

विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरू कम्तीमा पनि ६८ जना घाइते भएका छन् । उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्वीरहरु सञ्चारमाध्यमहरूले दिएका छन् । तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको हो । 

अरू दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रमण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रवारको प्रार्थना भइरहेको थियो । 

Vianet communication
Maruti inside

शुक्रवारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ रहेको थियो । सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ । 

तालिबानका सशस्त्र लडाकूहरूले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ । साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरूले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको थियो । रासस-सिन्ह्वा

TATA Below
NLIC
fman
जेठ ५, २०७९

फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्नबाट रोक्न क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले नेटोका लागि देशका राजदूत मारियो नोबिलोलाई निर्देशन दिने योजना बनाएका छन् ।  आरटीमा छापिएको खबरअनुसार, ती दुई देश...

जेठ ५, २०७९

अफगानिस्तानका तालिबानी नेता सिराजुद्दीन हक्कानीले छात्राहरूलाई विद्यालय जान दिने वाचा दोहोर्‍याएका छन् ।  कायममुकायम गृहमन्त्री हक्कानीले सीएनएनकी क्रिस्चिएन अमनपुरसँग कुराकानी गर्दै महिलालाई काममा ...

जेठ ४, २०७९

अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ ।  ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दि...

जेठ ४, २०७९

अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् ।  न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् ।  अमेरिकाले युक्रेन सरकार...

जेठ ४, २०७९

इस्टोनियाका राष्ट्रपति अलार कारिसले रुसलाई एक्ल्याउन सम्भव नरहेको स्वीकार गरेका छन् ।  अमेरिकी पत्रिका न्युजवीकसँगको अन्तर्वार्तामा उनले यस्तो स्वीकार गरेका हुन् ।  ‘हामीले रुससँग अन्य तरिकाले...

जेठ ५, २०७९

युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् ।  मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x