×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

अफगानिस्तानको कान्दाहारस्थित मस्जिदमा बम विस्फोट, ३२ जनाको मृत्यु

काठमाडाैं | असोज ३०, २०७८

NTC
TVS INSIDE

अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रवार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ । 

Sanima Bank
morang Auto yamaha

सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रवारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो । शुक्रवार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरू कम्तीमा पनि ६८ जना घाइते भएका छन् । उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्वीरहरु सञ्चारमाध्यमहरूले दिएका छन् । तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको हो । 

अरू दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रमण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रवारको प्रार्थना भइरहेको थियो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

शुक्रवारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ रहेको थियो । सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ । 

तालिबानका सशस्त्र लडाकूहरूले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ । साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरूले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको थियो । रासस-सिन्ह्वा

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित...

माघ ७, २०७८

युद्धका लागि तम्तयार रहेका सयौं बेलायती सैनिकहरू युक्रेनका छिमेकी मुलुकमा तैनाथ गरिन सक्ने बताइएको छ ।  रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने जोखिम बढेको भन्दै सैनिकहरूलाई तैनाथ गर्न लागिएको छ ।  ...

माघ ७, २०७८

इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ । दियालाको प्रान्तीय ...

माघ ८, २०७८

भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशको विधानसभा चुनाव नजिकिँदै गर्दा अनेक अनुमान सार्वजनिक भइरहेका छन् । उत्तर प्रदेश चुनावमा भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री योगी आदित्यनाथ र समाजवादी पार्टी (सपा) अध्य...

माघ ७, २०७८

नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं...

माघ ९, २०७८

जर्मनीको जलसेनाका प्रमुखले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्मान दिनुपर्ने भनी बयान दिएपछि विवाद उठेकाले राजीनामा दिएका छन् ।  रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको डरका बीच यो बयान आएको हो । ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...