फाइनलमा भारतविरुद्ध खेल्ने नेपाली फूटबल टोलीमा को–को परे ? [नामसहित]

फाइनलमा भारतविरुद्ध खेल्ने नेपाली फूटबल टोलीमा को–को परे ? [नामसहित]

साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।


Advertisement

नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले शुरूआती–११ सार्वजनिक गरेका हुन् ।


Advertisement

माल्दिभ्समा शनिवार राति पौने ९ बजेदेखि फाइनल खेल हुँदैछ । 

कप्तान तथा गोलकिपर किरण चेम्जोेङको कप्तानीमा रहेको नेपाली टोलीमा दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, सुमन अर्याल, पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द अटाएका छन् ।


Advertisement

भारतीय टोलीमा गोलकिपर गुरप्रीतसिंह सन्धु, कप्तान सुनिल क्षेत्री, राहुल शंकर भेके, कोन्साम, ललेङ्माविया, मनभिर सिंह, यासिर मोहमद, मन्दर राओ देशाई, प्रितम कोटल, सुरेस सिंह रहेका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्