असोज १६, २०८०
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाए...
साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ३-० गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन ।
जितसँगै भारतले भने आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो ।
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले ३ गोल गर्यो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले एक-एक गोल गरे ।
भारतले खेलको ४९ औँ मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो । खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।
यससँगै नेपाल पहिलोपटक साफमा उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाए...
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । नेपालका ओपनर आसिफ शेख १० रन बनाएर आउट भएका हुन् । ६ बल खेलेका उनले एक छक्का र एक चौ...
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई महत्त्वपूर्ण चौथो सफलता मिलेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले महत्त्वपूर्ण चोथो सफलता दिएका ह...
१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल दबाबमा देखिएको छ। १६ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएको छ । छैटौं विकेटमा रूपमा न...
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । उनले भारतका ज...
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाए । उनले भारतका तिलक वर्माल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...