×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

तपाईंको यो साता कसरी बित्दैछ ? पढ्नुहोस् साप्ताहिक राशिफल

काठमाडाैं | असोज ३१, २०७८

NTC
TVS INSIDE

मेष

Sanima Bank
morang Auto yamaha

यो हप्ता नजिकको आफन्तसँग पारिवारिक मुद्दाहरूमा अन्योल हुन सक्छ । मध्यस्थताका लागि अनुभवी व्यक्तिलाई समावेश गर्नु राम्रो हुन्छ । रिस र क्रोधको  सट्टा शान्त तरिकामा समाधान खोज्ने प्रयास गर्नुहोस् । व्यापार- गतिविधिहरु  सामान्य हुनेछ । केही सामनका अर्डरहरू प्राप्त हुनेछन् । तपाईंको निरीक्षणमा सबै कामहरू सम्पादन गर्ने प्रयास गर्नुहोस् । एक कर्मचारीको नकारात्मक दृष्टिकोणबाट हजुरलाई यो हप्ता चिन्तित बनाउनेछ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वृष

यो साता परिवारमा आपसी प्रेम र सद्भावको वातावरण हुनेछ । बेकारको प्रेम मामिला र साथीहरूसँग समय बर्बाद नगर्नुहोस् । स्वास्थ्य ठीक हुनेछ तर तपाईको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न, आयुर्वेदिक चीजहरूको सेवन गरिरहनुहोस् । सप्ताहको शुरुआतमा तपाईंका योजना अनुसार काम गर्न कोशिस गर्नुहुन्छ, तर दिमागको कारण तपाईंका योजना मा अडिग रहनको लागी गाह्रो हुनसक्छ । एउटा चीजमा नै  पूर्ण गर्ने निर्णय गरेर त्यसमा ध्यान केन्द्रित गर्नाले सफल भइनेछ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मिथुन

कार्यस्थलमा तपाईको बारेमा  केही नकारात्मक टिप्पणीहरू हुनसक्छन् । यसलाई पार गर्न तपाईंले आफ्नो व्यवहारमा परिवर्तन देखाउनुपर्नेछ । यो हप्ता प्रेममा  दुबै पार्टनर अस्थिर हुनुका कारण र तपाइँहरु एक अर्कालाई मद्दत गर्न वा समर्थन गर्न गाह्रो हुनसक्छ । स्वास्थ्य: एसीडीटीका कारण असुविधा रहनेछ । रक्तचाप र मधुमेह रोगीहरू नियमित र कार्यशैलीमा धेरै संयमित रहनु पर्नेछ । स्वास्थ्य सुरक्षा नियमहरु पूर्ण अनुसरण गर्नुहोस् । स्वास्थ्य: जोड दुखाइ हुन सक्छ ।

कर्कट

व्यस्तताको बावजुद यो  हप्ता तपाइँको दैनिक तालिका र आहारमा ध्यान दिन महत्त्वपूर्ण रहन्छ । केही ग्यास र कब्ज जस्तो स्थिति हुनेछ । भाग्यशाली रंग – पहेलो र भाग्यशाली संख्या  ४ रहेको छ । आफ्नो काम मार्फत शान्ति प्राप्त गर्न सक्नुहुनेछ तसर्थ कार्यहरूमा ध्यान दिएर ठीक तरिकाले गर्नको लागी प्रयास गर्नुहोला । प्रेममा पार्टनरको समर्थन तपाईंको लागि केहि कुरामा महत्त्वपूर्ण रहनेछ । निर्णय गर्नु अघि पार्टनरसँग छलफल गर्नुहोस् ।

सिंह

सप्ताहको सुरुमा मधुमेहसम्बन्धी समस्याहरू बढ्न सक्छ तर पछि ठिक हुदै जाने छ । श्रीमान-श्रीमती बीचको सम्बन्धमा आपसी सद्भाव राम्रो नै कायम रहनेछ । स्वास्थ्यप्रति सचेत रहनाले तपाईलाई शारीरिक र मानसिक ऊर्जा हप्ताभरि नै मिल्नेछ । भाग्यशाली रंग –निलो र भाग्यशाली संख्या – २ रहनेछ । एक योग्य व्यक्तिसँग छलफलको कारण तपाईंले आफ्नो  शक्ति र कमजोरीहरू बुझ्नुहुनेछ जुन तपाईंको विकासको लागि प्रयोग गर्न सकिनेछ तपाईं यसमा मार्गदर्शन प्राप्त गर्नुहुन्छ र तपाईं पुरानो रोकिएका काम पूरा गर्न सक्नुहुनेछ ।

कन्या

यो साता शारीरिक समस्याहरू कम हुन थाल्नेछ र स्वास्थ्य परिवर्तनहरू देखिन सुरू हुनेछ । व्यापारमा मार्केटिङ सम्बन्धित काममा नयाँ प्रविधि प्रयोग गर्नु आवश्यक रहन्छ । मिडिया र इन्टरनेटको माध्यमबाट आफ्नो कार्यहरू गर्ने प्रयास गर्नुहोस् पक्कै पनि लाभ उठाउनुहुनेछ । यो हप्ता विज्ञापनमा ध्यान दिन महत्त्वपूर्ण रहेको छ । परिवारका मानिसहरु एक आपसमा स्नेह र प्रेम गर्न जारी हुनेछ । हास्य र मनोरञ्जनमा पनि समय खर्च हुनेछ ।

तुला

यो साता प्रेम सम्बन्धमा स्थिरता प्राप्त हुनेछ । स्वास्थ्यमा फोकस गरेको कारण तपाईं स्वास्थ्यको कारण खडा भएको ठूलो समस्याबाट बच्न सक्नुहुन्छ । तपाई बदी भावनामा डुबेको कारण आफुलाई हानी गर्न सक्नुहुन्छ । थोरै व्यावहारिक र स्वार्थी हुनु पनि आवश्यक रहन्छ । अरूलाई मद्दतको साथ आफ्नो सुरक्षाको पनि ख्याल राख्नुहोस् । नकारात्मक विचारहरूलाई तपाईंमाथि हावी हुन नदिनुहोस् समय अनेक पक्षबाट राम्रो बित्नेछ ।

वृश्चिक

व्यवसायका समस्याहरू जुन केही समयदेखि कार्य क्षेत्रमा भइरहेको थियो केही सुधारको सम्भावना रहेको छ । कामको प्रगतिका लागि केहि महत्त्वपूर्ण अवसरहरू फेला पार्न सकिन्छ । प्रभावकारी व्यक्तिबाट सरकारी कार्यहरू सञ्चालन गर्न मद्दत पनि लिनुहुनेछ । प्रेम र वैवाहिक जीवन राम्रो हुनेछ । प्रेम सम्बन्धमा गलतफेहमीहरू उत्पन्न हुन नदिनुहोस् । एक अर्काको भावनाहरूलाई सम्मान गर्नुहोस् ।

धनु

कामको सम्बन्धमा नयाँ व्यक्तिहरूसँग परिचित हुनु तपाईंको लागि महत्त्वपूर्ण साबित हुन सक्छ । पारिवारिक क्रियाकलापमा तपाईंको सहयोग र समर्पणले घरको प्रबन्धलाई उचित राख्नेछ । प्रेमी / प्रेमिका एक अर्को भावनाहरु लाई सम्मान र विश्वास गर्नेछन् । स्वास्थ्यमा खोकी, चिसो र थोरै कष्टप्रद देखिएको छ । प्रदूषण र वर्तमान वातावरणबाट आफूलाई बचाउनुहोस् । भाग्यशाली रंग – क्रीम र भाग्यशाली संख्या ५ रहनेछ ।

मकर

हजुर धेरै प्रकारका व्यक्तिहरूसँग सम्बन्धित भएको कारण निश्चित रूपमा कसैको समस्याहरूको समाधान गर्नुहुनेछ । सार्वजनिक सम्बन्धका कारण केही कुरामा प्रगति देखिनेछ । एक योग्य व्यक्तिको मार्गदर्शनले परिवार सम्बन्धित समस्याहरु पार गर्न सक्नुहुन्छ । यो साता काम सम्बन्धित केही परिवर्तनहरूका कारण प्रगति देखिने छ । सप्ताहको अन्त्यमा पार्टनरको भरोसा कायम राख्न प्रयास गर्नुपर्नेछ । स्वास्थ्यमा दम र श्वासप्रश्वासको रोगलाई सतर्कताको साथ लिनु होला ।

कुम्भ

प्रेमको व्यस्तताका कारण तपाई परिवारमा धेरै ध्यान दिन सक्नुहुन्न । तर जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण समर्थन रहनेछ । स्वास्थ्यमा आफ्नो र आफ्नो परिवार सदस्यको स्वास्थ्य बारे सचेत रहनुहोस् । यस समयमा थोरै लापरवाहीले पनि नोक्सान पुर्‍याउन सक्छ । कृषि,  घर जग्गा व्यवसायमा संलग्न व्यक्तिहरूले आफ्नो काम विस्तार गर्न बढी समय लिन सक्दछन् । शुक्रबारको दिन लाभप्रद रहला ।

मीन

भाग्यशाली रंग  रातो र भाग्यशाली संख्या  बिजोडी रहनेछ । व्यापारमा केही परिवर्तन हुनेछ । व्यापारको क्षेत्रसँग सम्बन्धित कुनै पनि निर्णय लिई धेरै धैर्यता आवश्यक रहन्छ । सानो अज्ञानताले क्षति निम्त्याउन सक्छ । आधिकारिक काममा सफलता प्राप्त हुनेछ । प्रेममा पतिपत्नीले आपसी सद्भावले घरको व्यवस्था कायम राख्नेछन् । सप्ताहको सुरुमा धनार्जनसँगै सप्ताहको अन्त्यमा धनको हानी रहेको छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

मेष व्यापार व्यवसायसम्बन्धी  कागज आदि राम्ररी जाँच गर्नुहोस् पछि तनावमा पर्न सक्ने सम्भावना रहन्छ । साझेदारी कार्यहरुमा खाताहरूको बारेमा पारदर्शिता राख्न निश्चित गर्नुहोस् । झमेला बाट बचिनेछ । वृष क...

माघ ५, २०७८

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

माघ ९, २०७८

मेष ब्यापारीबर्गलाई बिशेष राम्रो रहन सक्ला  । धन प्राप्तिले मन खुशी हुन सक्ला । सुखको अनुभव रहनेछ । तपाईं आफ्नो परिवारका सदस्यहरूसँग मनोरञ्जनको कार्यक्रममा साँझ खर्च गर्नुहुन्छ । वृष आज तपाईंसँग भ...

माघ ९, २०७८

मेष यो हप्ता केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । रो...

माघ ३, २०७८

मेष भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । चोटपटक वा हाड–जोर्नीमा समस्या आ...

माघ २, २०७८

मेष यो साता तपाई आफ्नो प्रयासहरू बढाएर जीवनमा अगाडि बढ्ने प्रयास गर्न सक्नुहुनेछ । तपाईको मार्गमा बाधा पुर्‍याउने मानिस तपाईँबाट टाढा हुन थाल्नेछ । सम्बन्धहरूमा धेरै समय बर्बाद नगर्नुहोस् जहाँ कटुता वा द...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...