जेठ ९, २०७९
नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...
गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको बताइएको छ ।
यो पुलको पिल्लर ठड्याउने स्थानमा सामुदायिक वनको जग्गा पर्छ । मुद्दा परेकै कारण ढुङ्गा पनि फोड्न नपाएर पुल निर्माण ढिलाइ भएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । “वन ऐन बनेको पनि छैन, हामीले बनाएको ऐन पनि प्रदेश र सङ्घमा बाझिने डरले कार्यान्वयन भएको छैन,” उहाँले भन्नुभयोे, “विकासमै बाधा पर्ने गरी वनका क्रियाकलाप सञ्चालित छन् ।”
कुँडुले फेदीदेखि कालीमाटी, धम्जा, बिहुँ हुँदै भैरवस्थान जाने सडक पनि ठेकेदारबाट काम अलपत्र छ । सत्ताइस करोड ६८ लाखको यो आयोजनाको ५० प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटमार्फत पूर्वाधार विकास कार्यालयले उक्त सडकको काम हेर्ने गर्छ ।
प्रदेश सरकारले कम्तीमा दुई पालिका जोड्ने अवस्था भएमा उक्त सडकलाई रणनीतिक सडक नामाकरण गरेको छ । यहाँ कतिपय स्थानमा दोहोरोपनसमेत भएको टिप्पणी सुरु भएको छ । बागलुङ नगरपालिकाले लगानी गरेर बनेको पैह्राबारी कालीमाटी सडकसमेत यही मार्गमा पर्छ । १४ किमी सडकमध्ये यो सडक आयोजनाले विभिन्न स्थानका ट्र्याक जोड्ने काम मात्रै भएको छ । ग्राभेल गर्नुपर्ने यो सडकमा अहिलेसम्म काम अलपत्र छ ।
गत वर्ष नै सकिने गरी तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा शिलान्यास गरिएको डुडिया खोलाको पुलपनि अलपत्र छ । ढलान गर्ने क्रम सुरु हुनै लाग्दा पुलको संरचनामै समस्या आएको जनाउँदै भत्काइएको छ । यो पुल पुनः टेन्डर प्रक्रियामा जाने तयारीमा छ । यो पुलको काममा ‘डिजाइन’ कमजोर भयो वा निर्माण त्यसको ठोस उत्तर कसैले दिएको छैन ।
समयमा नसकिएपछि फेरि टेन्डरमा जाने अवस्था आउनु दुःखद भएको स्थानीयवासी बताउँछन् । “यतिबेला पुल चलिसक्नुपर्ने हो, तर फेरि के भयो, बन्न लागेको पनि भत्काइयो केही खण्ड वर्षातले बगायो,” काठेखोला–३ का प्रकाश रानाले भने, “विकास निर्माणमा ठेकेदार प्रवृत्तिले पनि हैरान बनाएको छ ।” यो पुल बनेमा तङ्ग्राम र धम्जाका लागि सहज यात्रा हुने उनले जनाए ।
जिल्लाकै कुश्मीसेरादेखि नाम्दुक जाने १० किमी सडक पनि ४८ प्रतिशत मात्रै प्रगति भएको छ । यहाँ ठेकेदारले काम पूरा गर्न नसकेका हुन् ।
“प्रभावकारी अनुगमन अभावमा धेरै ठूला आयोजनाहरू अलपत्र रहेछन्,” उनले भने, “अब कडाइका साथ काम गर्ने वातावरण बनाउने र आलटाल रोक्ने संस्थागत उपस्थिति पनि चाहिएको छ ।” बर्सेनि काम अलपत्र पर्दा राज्यको लगानी खेर जाने, जनताले दुःख पाइरहने अवस्था आउने र जिल्लाभित्रका रणनीतिक नामाकरण गरिएका अन्य सडक पनि धेरै स्थानमा ठेकेदारको लापरबाहीले बन्न नसकेको उनले बताए ।
गलकोटस्थित हटियादेखि ताराखोलाको हिल जोड्ने सडक, ढोरपाटन नगरपालिकाको गाडिखोलादेखि म्याग्दी जोड्ने सडक पनि अलपत्र छन् ।
ती सडकमा पनि मुस्किलले ५० प्रतिशत मात्रै प्रगति देखिएको उनले जानकारी दिए ।
बहुवर्षे आयोजनामा रुपान्तरण गरेर नियमित बजेट ल्याएपछि मात्रै ती योजना पूरा हुने अवस्था आएको बताइएको छ । ती अधिकांश सडकमा २७ करोड प्रदेश सरकारको लगानी छ ।
“प्रदेश सरकार भनेपछि अनुगमन कम हुने, जिल्लामा त्यसको जिम्मा पनि नदिने प्रवृत्ति बढी छ,” जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाले भने, “अनुगमन गर्न ठेकेदार र इन्जिनियर गएपछि के परिणाम आउला ?” चुस्त अनुगमन संयन्त्र अभाव भएको उनले टिप्पणी गरे ।
नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...
सुक्खा पहिरो खस्दा पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका–५, कालीमाटीमा सोमवार दिउँसो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा ...
महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानूनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उनीहरूले नाबालिग, किशोरी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेप...
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार बिहान बागमत...
रुकुम(पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्य...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...