बढ्यो भारत र पाकिस्तानबीच वार्ताको सम्भावना

बढ्यो भारत र पाकिस्तानबीच वार्ताको सम्भावना

भारत र पाकिस्तानबीच रहेको चिसो सम्बन्धमा हल्का न्यानोपन आउन लागेको देखिन्छ । 


Advertisement

दुई देशबीच कुराकानीको वातावरण बनिरहेको संकेत पाइएको छ । भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू छिटै एउटै मञ्चमा देखिने सम्भावना छ । 


Advertisement

भारतले अफगानिस्तानका विषयमा बोलाएको अन्तर्राष्ट्रिय सम्मेलनमा पाकिस्तानलाई पनि निम्तो पठाएको छ । 

अक्टोबर महिनाको आरम्भमा भारतले शांघाई कोअपरेसन अर्गनाइजेसन एन्टी–टेरर एक्सरसाइजका लागि तीन वरिष्ठ अधिकारीलाई पाकिस्तान पठाएको थियो । 


Advertisement

ब्याकडोर कुराकानीपछि गत फेब्रुअरी महिनामा दुई देशबीच सन् २००३ को युद्धविराम सम्झौताका विषयमा नयाँ सहमति बनेको थियो । 

अफगानिस्तानमा तालिबानको सत्ता आएपछि क्षेत्रीय सन्तुलन बदलिएको छ । यस्तो अवस्थामा भारतले पाकिस्तानसँगको वार्ताका संकेत दिएको छ र पाकिस्तान पनि यस विषयमा सकारात्मक देखिएको छ । 

शनिवार पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता आसिम इफ्तिखारले आफ्नो देश नियन्त्रण रेखामा युद्धविराम जारी राख्न चाहेको बताएका छन् । 

दिल्लीमा हुने सम्मेलनको अध्यक्षता भारतका अजित डोभालले गर्नेछन् । त्यसमा पाकिस्तानबाहेक रुस, चीन, इरान, ताजिकिस्तान र उज्बेकिस्तानलाई पनि निम्तो दिइएको छ । 

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोईद युसुफ भारतमा हुने सम्मेलनमा आउने नआउने टुंगो लागिसकेको छैन । 

सन् २०१६ पछि युसुफको स्तरको पाकिस्तानी अधिकारी भारत आएका छैनन् । 

तर भारत र पाकिस्तानबीच पर्दापछासड घनीभूत वार्ता भइरहेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्