अक्षय कुमारको फिल्म गोरखाको पोस्टरमा पूर्व सैनिकले औंल्याए गल्ती

अक्षय कुमारको फिल्म गोरखाको पोस्टरमा पूर्व सैनिकले औंल्याए गल्ती

बलिउड अभिनेता अक्षय कुमारले हालै नयाँ फिल्म गोरखाको घोषणा गरेका छन् । 


Advertisement

आफ्नो ट्विटर ह्यान्डलमा उनको फिल्मको घोषणा गर्दै एक पोस्टर शेयर गरेका छन् । 


Advertisement

त्यस पोस्टरमा पूर्व सैन्य अधिकृत मेजर मानिक एम जोलीले गल्ती भेटेका छन् । 

गोरखा राइफल रेजिमेन्टका मेजर जोलीले लेखे, ‘अक्षय कुमारज्यू, पूर्व गोरखा सैन्य अधिकृतको नाताले म तपाईंप्रति आभार व्यक्त गर्छु । तर तथ्य महत्त्वपूर्ण छ । खुकुरीलाई सही तरिकाले देखाउनुस् । त्यसमा अर्कोतर्फ धार देखिन्छ । तरवार हैन यो, खुकुरीको धार भित्रपट्टि हुन्छ । तपाईंलाई म खुकुरी पठाउँछु । धन्यवाद ।’


Advertisement

अक्षय कुमारले मेजर जोलीको पोस्टमा रिप्लाई गरे, ‘यो कुराप्रति सचेत गराउनुभएकोमा धन्यवाद । फिल्मको शूटिङमा हामी यसलाई ध्यान दिनेछौं । फिल्म गोरखा बनाएर म निकै सम्मानित र गौरवान्वित अनुभव गरिरहेको छु । फिल्मलाई यथार्थपरक बनाउनका लागि दिइने सबै सुझावलाई स्वागत छ ।’

फिल्ममा अक्षयले मेजर जनरल इयान कार्डोजोको भूमिका निर्वाह गर्नेछन् । कार्डोजोले सन् १९६२, १९६५ र १९७१ का युद्धहरू लडेका थिए । पाकिस्तानविरुद्धको युद्धमा बहादुरी देखाएका उनलाई सेना मेडले विभूषित गरिएको छ । त्यसबाहेक उनलाई विशिष्ट सेवा मेडल पनि दिइएको छ ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्