फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर पेस्तोल ताकेपछि...

फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर पेस्तोल ताकेपछि...
सांकेतिक तस्वीर।

सर्लाहीको बलरा नगरपालिका-३, लक्ष्मीपुर बस्ने २४ वर्षीय नवजित झालाई एक थान पेस्तोल र एक थान म्याग्जिनसहित प्रहरीले पक्राउ गरेको छ । 


Advertisement

सोही ठाउँ बस्ने ३५ वर्षीय विनय झा र नवजितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर वादविवाद हुँदा नवजितले विनयलाई पेस्तोल ताकेको भन्ने खबर पाएपछि सीमा प्रहरी चौकी बलराबाट खटिएको प्रहरीले नवजितलाई हतियारसहित पक्राउ गरेको हो । 


Advertisement

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्