×

NMB BANK
NIC ASIA

श्रममन्त्री श्रेष्ठद्वारा श्रमिकको गुनासो सुनेर मन्त्रालयमा काम शुरू

असोज ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य शुरूआत गरेका छन् ।

Muktinath Bank

मन्त्री श्रेष्ठले आइतवार मन्त्रालयमा कार्यालय सहयोगी, सफाइ कर्मचारी र चालकको गुनासो सुनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंपछि कार्यालय खुलेको पहिलो दिन मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकको समस्याबारे चासो राखेका सचिवालयले जनाएको छ । सो क्रममा श्रमिकले आफूहरूको महंगी भत्ता काटिएको, तलब थोरै भएकोलगायत गुनासो राखेका थिए ।


Advertisment
Nabil box
Kumari

मन्त्री श्रेष्ठले समस्या सुनेलगत्तै आफू श्रमजीविको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्दै आफ्नो पहिलो प्राथमिकता तल्ला तहका श्रमिकको हकहितको पक्षमा हुने बताए । उनले तत्काल मन्त्रालयका श्रमिकको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी नै श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना र रोजगारीमा रहेका श्रमिको सामाजिक सुरक्षाको निम्ति भएको बताए । ‘मेरो पहिलो जिम्मेवारी र दायित्व पसिना बगाएर बाँचिरहेका श्रमिकको हितका निम्ति काम गर्ने हो । मेरो मन्त्रालयको श्रमिकको समस्या सुनें । यसैगरी समस्या बुझेर हरेक ठाउँमा काम गर्ने श्रमिकको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्छु,’ उनले भने ।

मन्त्री श्रेष्ठले बेरोजगार युवालाई उत्पादनसँग जोडेर रोजगारी दिने, विभिन्न उद्योग प्रतिष्ठानमा रोजगारी गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टी र सरकारी कार्यालयमा श्रम गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तत्काल कदम चाल्ने उल्लेख गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x