जेठ ११, २०७९
राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले बुधवार जारी गरे...
वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् ।
सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालू गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ ।
सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकातर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोत्रपको काम अब गरिने छ ।
अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ । विभागलाई सडक पूरै अवरुद्ध हुँदा एकतर्फी खोल्न चाप हुने तर एकातर्फ खुलेपछि पैदल यात्रु र सवारीसाधन आवत जावत गर्न सक्ने भएकाले फुर्सदमा गर्न सकिने सम्भार महाशाखाका प्रमुखसमेत रहेका अधिकारीले बताए ।
उनले भने, ‘यी काम हामीले वर्षा सकिएपछि नै गर्दै आएका छौं ।’
सडक नै पूरै ठप्प भएको ठाउँमा विभागले पहिले एकातर्फबाट खुलाउन प्राथमिकता दिन्छ भने सवारीसाधनको चाप धेरै भएका ठाउँमा मात्रै त्यही समयमा दुवैतर्फ खुलाउनैपर्छ । नारायणगढ–बुटवल लगायत पूर्वपश्चिम राजमार्गमा दुवैतर्फ नखोल्दा समस्या हुनसक्ने तर पहाडी सडकमा एक लेनले पनि काम गर्ने उनले बताए ।
उनले भने, ‘हामीले सडकको अवस्था हेरेर तत्काल दुवैतर्फ खुलाउने कि एकातर्फ भनी निर्णय गर्दछौं ।’
विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका थिए । यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो । क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ । असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेंसीशहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ । यो वर्ष बेँसीशहर–चामे, अरनिको राजमार्ग, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी सडकमा बढी क्षति पुगेको थियो ।
यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए । तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट सञ्चालनमा छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले बुधवार जारी गरे...
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज एक जनाकोे मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भ...
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...
मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ...
नेपाली कांग्रेसका महिला पदाधिकारी एवं केन्द्रीय सदस्यले वर्तमान कानूनमा रहेको हद म्यादसम्बन्धी व्यवस्था व्यावहारिक र न्यायसङ्गतसमेत नदेखिएकाले विद्यमान व्यवस्थालाई पुनरावलोकन गरी अपराधीलाई कडा कारवाही र पीडितलाई क्...
मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो । हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षी...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...