टी ट्वान्टी विश्वकपमा बंगलादेश स्कटल्याण्डसँग स्तब्ध

टी ट्वान्टी विश्वकपमा बंगलादेश स्कटल्याण्डसँग स्तब्ध

टी ट्वान्टी विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा बंगलादेश एसोसिएट राष्ट्र स्कटल्याण्डसँग पराजित भएको छ ।


Advertisement

ओमानमा भएको खेलमा स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरेको हो । 


Advertisement

स्कटल्याण्डले पेश गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र जोड्न सक्यो ।

उसका लागि मुस्तफिक्युर रहमानले ३८, महमदुल्लाहले २३ र साकिब अल हसनले २० रन जोडे पनि त्यो जीतका लागि पर्याप्त भएन ।


Advertisement

प्रतियोगितामा स्कटल्याण्डको यो पहिलो जीत हो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्