कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ ।
पर्यटक भित्र्याउने तयारीसहित सिद्धगुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम थाले पनि कोभिड–१९ का कारण प्रभावित भएको थियो । कोभिड–१९ पूर्व दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक धन्दुर सिद्धगुफा पुग्ने गर्ने बताइएको छ । धन्दुर सिद्धगुफा समितिका अध्यक्ष दधिराज सुवेदीले विस्तारै जनजीवन सामान्य बन्दै गएकाले पर्यटक आउने विश्वास गरिएको बताए ।
सिद्धगुफा परिसरमा चमेरो र सिद्ध गुफा समेत छन् । चमेरो गुफाको लम्बाइ करिब एक हजार ५०० मिटर छ भने सिद्धगुफाको लम्बाइ ३०० मिटर छ । सिद्धगुफा तीन तलाको छ । परापूर्वकालमा शिकारीले शिकार खेल्न जाने क्रममा मृग लखेट्दै जाँदा चमेरो गुफाभित्र पसेको र सो मृगलाई शिकारी कुकुरले लखेट्दै जाँदा चमेरो गुफाबाट पसेर मोहोरियामा निस्किएको किंवदन्ती रहँदै आएको उनले जानकारी दिए ।
वर्षायाममा पानी पर्दा मोहोरियाको केही क्षेत्रबाट पानी पसेर चमेरोगुफाबाट पानीको भेल निस्कने गरेको बताइन्छ । चमेरो गुफा नेपालकै लामो गुफा रहेको दाबी गरिएको छ । सिद्धगुफा पहिला सात तलासम्म रहेकामा पछि आफैँ पुरिँदै गएर अहिले चार तलासम्म मात्र रहेको अध्यक्ष सुवेदीले बताए ।
भिमाद बजारबाट पश्चिमतर्फ तीन किमी दूरीमा रहेको सिद्धगुफाको धार्मिक ऐतिहासिक महत्व रहेको छ । जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको सिद्धगुफाभित्र स्वनिर्मित आकर्षक ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृतिले पर्यटकलाई लोभ्याउने गर्दछ । सिद्धगुफाभित्र रहेको गाईको थुनमुनि कुनै पनि व्यक्तिले हात थाप्दा दूध चुहिए उक्त व्यक्ति भाग्यमानी हुने जनविश्वास रहँदै आएको छ ।
बजारको होहल्ला र कोलाहलबाट मुक्त हुन धेरैजसो व्यक्ति यहाँ पुग्ने गर्दछन् । सडक सञ्जालको राम्रो व्यवस्था भएकाले जुनसुकै सवारी साधन यस क्षेत्रमा पुग्न सक्छ । यो ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य छ । गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङ निर्माण सम्पन्न भइसकेको छ ।
समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र गुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय र पानीको दह निर्माण गरिसकेको छ ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...