चीनबाट सतर्क हुँदै अरुणाचल प्रदेशमा ड्रोन तैनाथ गर्‍यो भारतले

चीनबाट सतर्क हुँदै अरुणाचल प्रदेशमा ड्रोन तैनाथ गर्‍यो भारतले

पोहोर साल गलवानमा भएको हिंस्रक भिडन्तपछि भारत सतर्क भएको छ । 


Advertisement

त्यसपछि चीनसँगको वास्तविक नियन्त्रण रेखामा भारतले सेनाको तैनाथी बढाएको छ । अहिले अरुणाचल प्रदेश सेक्टरमा पनि भारतीय सेनाले दिनरात निगरानी गरिरहेको छ । 


Advertisement

निगरानीका लागि उसले ड्रोनहरू तैनाथ गरेको छ । इजरायलमा बनेको हेरोन ड्रोन त्यहाँ सञ्चालनमा ल्याइएको हो । मध्यम उचाइमा उड्ने र लामो समयसम्म उडिरहन सक्ने ड्रोनले विकट पहाडी क्षेत्रमा निगरानी गरिरहेको हो । 

ड्रोनले नियन्त्रण केन्द्रहरूलाई आवश्यक डेटा र तस्वीर पठाएको छ । 


Advertisement

ड्रोन बाहेक भारतीय सेनाले एड्भान्स्ड लाइट हेलिकप्टरको वेपन सिस्टम भेरिएन्ट पनि तैनाथ गरेको छ । त्यसबाट भारतको सामरिक मिसनलाई थप मजबूती प्राप्त भएको बताइएको छ । 

उक्त क्षेत्रमा सुरक्षामा कुनै पनि बेलामा समस्या आउन सक्ने र त्यसको रणनीतिक महत्त्व पनि प्रबल भएकाले भारतीय सेनाले थप पुल, सडक र रेलवे संरचना निर्माण गरिरहेको छ । तवाङलाई रेलवे सञ्जालसँग जोड्ने काम पनि चलिरहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्