मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
बेलायती सांसद सर डेभिड आमेसको हत्या गर्ने आतंकवादीको तस्वीर सार्वजनिक गरिएको छ ।
अली हर्बी अली नामक २५ वर्षीय युवकलाई प्रहरीले आमेसको हत्याको आरोपमा पक्राउ गरेको छ । कन्जर्भेटिभ पार्टीका आमेस आफ्नो क्षेत्र साउथएन्ड वेस्टमा जनतालाई शुक्रवार अपराह्न भेट्न जाँदा पक्राउ परेका थिए ।
इस्लामी अतिवादीले ६९ वर्षीय आमेसलाई नै किन आक्रमण गरेको हो भन्ने विषयमा प्रहरी र गुप्तचर अधिकारीहरूले केही थाहा पाउन सकेका छैनन् ।
आमेस कट्टर क्याथोलिक र ब्रेक्जिटपक्षधर भउकाले उनलाई राजनीतिक विचारधारा वा धर्मको आधारमा आक्रमण गरिएको हुनसक्ने अनुमान शुरूमा गरिएको थियो ।
तर उनीमाथि आक्रमण गर्ने कुनै विशेष उद्देश्य नरहेको विश्वास अनुसन्धानकर्मीहरूले अहिले आएर गरेका छन् । हत्याका आरोपी अलीले जसलाई पाए पनि मार्ने योजना बनाएको र आमेस त्यसक्रममा तारो बनेको उनीहरूले विश्वास गरेका छन् ।
अली सोमालियाबाट आएर बेलायतमा बसोबास गरिरहेको परिवारका सदस्य थिए । क्रोइडोनस्थित घरमा उनी आमा, दुई बहिनी र एक भाइसँग बस्ने गर्थे । अन्जेम चौधरी नामक कुख्यात धर्मप्रचारकको युट्युब भिडियो हेरेपछि उनी कट्टरपन्थी बनेका थिए ।
उनलाई बेलायत सरकारको प्रतिआतंकवादी कार्यक्रम प्रिभेन्टमा पठाइएको थियो तर उनको व्यवहार उग्रवादी नरहेको भन्दै गुप्तचर संस्था एमआई५लाई खबर गरिएको थिएन ।
एकल आक्रमणकारी आतंकवादीहरू कोभिड–१९ को लकडाउनपछि घरबाट निस्केर आक्रमण बढाउन सक्ने चेतावनी गुप्तचर अधिकारीहरूले मन्त्रीहरूलाई चेतावनी दिएको बेलामा यो आक्रमण भएको हो ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...