×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

जनजीवन नै प्रभावित गर्ने गरी बेमौसमी वर्षा किन भइरहेको छ ? विज्ञको यस्तो निचोड

काठमाडाैं | कात्तिक १, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

आइतवार रातिदेखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । 

Sanima Bank
morang Auto yamaha

मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्यून चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

नेपालको पश्चिमी क्षेत्रमा वर्षायामभन्दा बढी वर्षा हुनुका साथै हावाहुरी पनि आएको छ । वर्षापछि जम्मा भएको पानीले थन्क्याउने बेलाको धान नै डुबाएको छ ।

१–२ दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरू वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन् । उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

काठमाडौं उपत्यकामा आइतवार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ । वर्षाको क्रम मंगलवारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ ।

मनसुन सकिने बेला बाढीपहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरूले जलवायु परिवर्तनको असर भनेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञको भनाइ छ ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनपछि हुने वर्षाले धेरै क्षति गर्ने बताए । उनले भने, ‘यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गइसक्यो भनेर बुझ्छ । अनि मुभमेन्ट बढाउँछ । त्यो मुभमेन्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ । त्यो नयाँ सिस्टमको प्रभाव मान्छेको आकलनभन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ ।’

यस वर्षको मनसुन ११ जुनमा शुरू भएर ११ अक्टोबरमा बाहिरिएको थियो । २३ सेप्टेम्बरमा मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षदेखि ‘सिप्ट’ भइरहेकाले नेपालले २ अक्टोबरलाई मनसुन बाहिरिने मिति तोकेको छ तर १ हप्ता बढी ढिला गरी नेपालबाट मनसुन बाहिरिएको थियो । 

मनसुन बाहिरिने प्रक्रियासँगै बंगालको खाडीमा न्युन चापिय अवस्था सिर्जना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेतीले बताए । मनसुन सकिएपछिको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी र पहिरोको घटनाको समाचार आउन थालेको छ ।

उनले भने, ‘नेपालमा मनसुन जुनमा भित्रिने र अक्टोबरमा बाहिरिने गरेको अवस्था देखिएको छ । यस वर्ष ८ दिन ढिला गरी मनसुन बाहिरियो । मनसुन बाहिरिने प्रक्रिया नेपालबाट भारतको साउथमा गएर टुंगिएर समुन्द्रमा जान्छ तर मनसुन बाहिरिँदै गर्दा बंगालको खाँडीमा एक खालको न्युन चापिय अवस्था उत्पन्न भयो र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भयो र दुवै वायु एकआपसमा ठोक्कियो र त्यसबाट नेपालको पश्चिमी क्षेत्र बढी प्रभावित भयो । अहिले पूर्वदेखि पश्चिमसम्म नै यो वायुले निम्त्याएको प्रभाव देखिएको छ । मेलम्चीमा पनि फेरि बाढी आएर अस्थायी पुलहरू बगाएको छ ।’

छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा ‘रेड अलर्ट’ जारी गरिसकेको छ । त्यहाँ २०० मिलिमिटरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । नेपालको पश्चिम क्षेत्र डडेल्धुरामा गत २४ घण्टामा १७९ लिटर मिलिमिटर वर्षा भइसकेको छ । यो भारतको आँकडासँग मिल्दोजुल्दो छ । यो अवस्था जलवायु परिवर्तनको असरसँग जोडिने विज्ञ उप्रेतीले बताए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमूना परीक्षणमध्ये ८२१२ पीसीआर र २०४२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । ...

माघ ८, २०७८

निर्वाचन आयोगले राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ । गत माघ २ गते नै आयोगले राप्रपालाई पत्र लेखेर विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो । य...

माघ ८, २०७८

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनको शोकमा आइतवार देशभरका अदालतहरू बन्द रहने भएका छन् ।  शनिवार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशे...

माघ ९, २०७८

जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ ।  सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको  हो । अस्पतालक...

माघ ८, २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ ।  पानीमाथि निर्माण गरिएको यो मुलुककै एक मात्र सरकारी कार्यालय भएको तिलोत्तमाको दाबी छ । नगरपालिकाले वडा नम्बर ११ को का...

माघ ८, २०७८

कोरोना संक्रमणबाट हालसम्म ११ हजार ६५१ जनाको मृत्यु भएको छ ।  प्रदेशअनुसार हेर्दा संक्रमणबाट सबैभन्दा बढी मृत्यु बागमती प्रदेशमा भएको छ ।  बागमतीमा पाँच हजार ३ जनाको मृत्यु भएको छ । प्रदेश १ मा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...