साउन २२, २०७९
निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ ...
काठमाडाैं | कात्तिक १, २०७८
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।
सोमवार मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ ।
गत असोज ३० गते आईओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान ७ रुपैयाँ ९ पैसा वृद्धि भएको छ । १६ अक्टोबरमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ ७ पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ ।
एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डिर १ हजार ३७५ रुपैयाँ २ पैसा कायम छ । आईओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन ।
पेट्रोलको खरिद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन ४ रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ ।
पेट्रोलमा निगमको सम्पूर्ण खर्च १ रुपैयाँ ९६ पैसा, डिजेलमा १ रुपैयाँ ५६ पैसा, मट्टितेलमा १ रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ ।
ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ १ पैसा, डिजेलको प्रतिलिटर १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिन्डर १ हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ ।
काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८६, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०.७७० अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ४५० तोकिएको छ ।
पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ १ पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर ४ रुपैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीबाट प्रतिसिलिन्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ ।
निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ । १५ दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट १ अर्ब ९ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख र एलपी ग्यास बिक्रीबाट ७५ करोड ७० लाख गरी २ अर्ब २२ करोड ६ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।
१५ दिनमा मट्टितेल बिक्रीबाट २ करोड ३३ लाख र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ ।
विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ । ६/७ वर्ष अघिको ३७ अर्ब ऋण तिर्दै निगम बिस्तारै नाफामा गएको थियो ।
गत आवमा निगम फेरि करीब ३ अर्ब घाटामा गएको छ । पछिल्लो ३ महिनामा निगम ६ अर्ब घाटामा गएको प्रवक्ता उपाध्यायले बताए ।
निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशंका गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।
भारतभन्दा नेपालमा सस्तो
भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिन्डर १७५ रुपैयाँ ६५ पैसा सस्तोे छ ।
भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ६०५ रुपैयाँ ६५ पैसा छ । सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ४३० छ ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरूपमा भारततर्फ इन्धनकोे चोरी निकासी हुने सम्भावना बढेर गएको छ । सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ । निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ । – अशोक घिमिरे/रासस
निर्माणको तयारीमा रहेको बेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट)बाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । प्रवद्र्धन बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार तीन सय ३१ ...
जिल्लामा एक वर्षको अवधिमा जडीबुटी संकलनबाट करिब रु १३ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब १३ लाख रुपैय...
सरकारले बर्खास्त गरेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी महत्वपूर्ण फाइल लिएर फरार भएका छन् । बिहीवार सरकारको बर्खास्तीमा परेका अधिकारी आइतवार बिहान पौने ११ बजे कार्यालय प्रवेश गरेको र महत्...
मकवानपुरको हेटौँडादेखि काठमाडौँसम्मको छोटो दूरीको सडक निर्माण सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा...
वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा तरलता अभाव र संकुचनकारी कर्जा विस्तारको नीतिका कारण पनि २३.१४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । सञ्चालनमा रहेको २६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षमा ७४...
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...