जेठ ४, २०७९
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आ...
काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैंचा निर्माण गरिने भएको छ ।
विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करीब २ रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रूपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैंचा बनाउन लागिएको हो ।
बगैंचा बनाउन काठमाडौं महानगरपालिकाले १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए ।
मन्दिर परिसरमा आकर्षक बगैंचा निर्माणसँगै रेलिङ, बार पनि परिवर्तन गरिने छ ।
बगैंचाको काम शुरू गर्न गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा त्यसबाट काम हुन नसकेको उनले सुनाए । विक्रम संवत् २०७४ सालअघि शहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो । त्यसबेला जनअपेक्षा अनुरूप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करीब ३० रोपनी जग्गा भए पनि हाल २ रोपनी मात्र बाँकी छ । बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैंचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
बगैंचाको डिजाइन बनाउने काम सम्पन्न गरी पूर्वाधार विभागले ठेक्का निकालेको छ । महानगरपालिका–९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ । वडा नम्बर ९ को जग्गा खाली छ । वडा नम्बर २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए ।
वडा नम्बर ९ खाली जग्गामा पनि मोहीकाबीचमा मुद्दा चलिरहेको छ । मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैंचा निर्माण प्रक्रिया शुरू गरेको हो । अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ ।
मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण सम्पन्न गरेको छ ।
पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ । मन्दिर परिसरमा रहेको मयुरकुण्ड पनि संरक्षण गर्न लागिएको वडाध्यक्ष कार्कीले बताए । मयुर कुण्डभित्र रहेको नाग र नागिनीको मूर्ति पनि भक्तजनले दर्शन एवं पूजा आराधना गर्नसक्ने गरी व्यवस्थापनको तयारी भएको छ ।
गोरखास्थित मनकामना माइको दर्शन गरेर फर्कने भक्तजनले मयुरकुण्डको जल मैतीदेवीलाई चढाएपछि मात्र फल मिल्ने किम्बदन्ती प्रचलनमा छ ।
मैतीदेवी क्षेत्रमा सहरीकरण हुनुअघि राजकुलो पुतलीबजार पुगेको थियो । राजकुलाको यो जग्गा मैतीदेवी प्रहरी बिटबाट नै मिचिएको छ । यस क्षेत्रका ९–१० वटा सटरको आधा भागमा सार्वजनिक जग्गा पर्ने वडा कार्यालयले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आ...
गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, ...
तनहुको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरुवाती अग्रता बनाएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार ब...
भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा अधिकांश पाँच दलीय गठबन्ध...
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...
बिहीबार देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हा...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...