साउन २३, २०७९
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले बहुमत सिट आफूसँग राखेर मात्र गठबन्धनमा सिटसंख्या बाँड्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रतिनिधि सभाका १ सय ६५ सिटमध्ये कांग्रेसले १०० आफूस...
बुटवल | कात्तिक १, २०७८
गृहमन्त्री बालकृष्ण खाँंणले आम नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सरकारको पहिलो प्राथमिकता आम नागरिकको जीवनरक्षा गर्नु रहेको खाँणले स्पष्ट पारे । नेपाली कांग्रेस रुपन्देहीले सोमवार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताए ।
उनले भने, ‘सुरक्षा निकायका अधिकारी तथा प्रमुखलाई मेरो आग्रह र निर्देशन छ । सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्, एउटा पनि नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस् ।’
ठूलो दललाई सरकार चलाउनुस् भनेर दिए पनि विगतको सरकारले आफ्नै पार्टीभित्रको राजनीतिक झगडाका कारण ५ वर्षे कार्यकाल पूरा गर्न नसकेको उनले बताए । उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएको थिएन, कांग्रेसलाई आरोप छ कि कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभए पनि अहिलेको निकासका लागि सभापति अग्रसर बनिदिनुस् भन्ने अन्य पार्टीका नेता र पार्टीभित्रै कांग्रेसको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडि बढेको बताए ।
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला रुपन्देही आएका नेता खाँणले रुपन्देहीको समृद्धिका लागि प्रयत्नशील रहिरहने बताए । उनले रुपन्देही जिल्लाको विकास रुपन्देही र रुपन्देहीका नागरिकका लागि मात्र नभई विकासले देशको विकासका लागि आधारशिला तयार गर्ने बताए । उनले जिल्लाको विकासका लागि सार्थक प्रयत्न गर्न अग्रज नेताहरूप्रति आभार प्रकट गरे ।
‘रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भन्ने सोच तत्कालीन पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले राख्नुभएको थियो, त्यस्तै पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाले २०७१ माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभएको थियो,’ नेता खाँणले भने ।
बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीलाई आफूले आग्रह र छलफल गरेको मन्त्री खाँणले बताए ।
भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र समाधानका लागि अल्पकालीन र दीर्घकालीन परियोजना आवश्यक रहेकाले सोही अनुसार अगाडि बढेको उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले पार्टीको १४औं महाधिवेशन सफल पार्नुपर्ने बताए ।
खाँणले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिवेशनमा अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन भएको बताए ।
अहिले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनले बताए । अहिलेको विषम परिस्थितिमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशील सदस्यको संख्यामा १० लाखको हाराहारीमा पुगेको नेता खाँणले बताए ।
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले बहुमत सिट आफूसँग राखेर मात्र गठबन्धनमा सिटसंख्या बाँड्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रतिनिधि सभाका १ सय ६५ सिटमध्ये कांग्रेसले १०० आफूस...
प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला शाखाद्वारा सोमवार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति...
नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् । सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद ...
सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकको विशेष समय...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गर...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...