जेठ ५, २०७९
तनहुको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरुवाती अग्रता बनाएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार ब...
काठमाडाैं | कात्तिक १, २०७८
विभिन्न समयमा नेपालबाट बाहिरिएका मूर्ति, थांका लगायत पुरातात्विक महत्त्वका सम्पदा फिर्ता गराउन पुरातत्व विभागले पहल शुरू गरेको छ ।
विभिन्न देशमा चोरी निकासी भएर पुगेका नेपालको भनी स्वामित्व पहिचान भएका सम्पदा फर्काउन नेपाली राजदूतावास, इन्टरपोल र ती देशका संग्रहालयसँग मिलेर सूचना संकलन गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।
अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा रहेका यस्ता सम्पदा फिर्ता गराउन हाल पहल भइरहेको छ ।
गणेशको मूर्ति भारत र नेपाल दुवै देशमा र थांका नेपाल एवं तिब्बत दुवैतिर बन्ने गरेकाले पहिचानमा कठिनाइ हुने गरेको उनले बताए । विदेशस्थित संग्रहालय, निजी संकलनमा रहेका पुरातात्विक सम्पदामा ‘नेप्लिज कलेक्सन’ भनी रखिएका सामग्री अवैध तरिकाले चोरी, निकासी भएको पाइएपछि स्वदेशमा फिर्ता गराउन लागिएको हो ।
यस्ता सम्पदा नेपाल फर्काउन विभागमा काम गर्ने जनशक्तिको कमी भएका कारण पनि समस्या हुने गरेको छ । विभाग हाल २५ जना जनशक्तिको भरमा चलाउनुपरेको महानिर्देशक गौतमको भनाइ छ । यही जनशक्तिको सम्पदा संरक्षण, पुरातात्विक स्थलको उत्खनन्, विश्व सम्पदा क्षेत्रको संरक्षण, विदेशिएका सम्पदाका विषयमा पनि काम गर्नुपरेको छ ।
चीनमा विदेशिएका सम्पदा फिर्ता गराउने काम गर्ने ३ ब्युरोसहित ४५० जनाभन्दा बढी कर्मचारीले काम गर्छन् ।
तनहुको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरुवाती अग्रता बनाएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार ब...
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...
विराटनगर । ४० वर्षदेखि पाल्दै आएको ‘टुपी’ काटिदिएको भन्दै मोरङका एक ब्राम्हणले प्रहरीमा उजुरी दिएका छन् । टुपी काट्नेलाई कारबाहीको माग राख्दै उनले उजुरी दिएका हुन् । ...
गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, ...
काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उम...
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...