साउन २३, २०७९
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गर...
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी छन् ।
सोमवार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरू एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन् ।
संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो । एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद् विघटन गर्ने प्रथाको आफूहरूले विरोध गरेको उनको भनाइ थियो । यसो गर्दा ओलीको नजरमा आफूहरू नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिस्ट पार्टी स्थापना गरेको उनले बताइन् ।
अहिलेको कम्युनिस्ट पार्टीमा सबै अट्नसक्ने उनको जिकिर थियो । आफूहरूले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् ।
फरक प्रसङ्गमा नेत्री झाँक्रीले आफूहरूले पार्टी निर्माणको ३ महिने अभियान चलाउने जानकारी दिइन् । ३ महिनासम्म देशभरबाट कम्तीमा ७ लाख संगठित सदस्य बनाउने उनको दाबी थियो ।
प्रत्येक संगठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि ४ भोट ल्याए मात्रै देशभरबाट नेकपा एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताइन् ।
प्रत्येक संगठित सदस्यले १ दिन पार्टीका लागि काम गर्ने र बाँकी ६ दिन आफ्ना लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उनले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताइन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गर...
सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकको विशेष समय...
५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको सोमवार बसेको पहिलो ब...
भ्रष्टाचार विरोधी अभियान चलाएर चर्चा कमाएका ज्ञानेन्द्र शाही आसन्न संसदीय निर्वाचनमा जुम्लाबाट उम्मेदवार बन्ने भएका छन् । भ्रष्टाचार विरोधी अभियानपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका शाहीले आगामी मंसिर ४ को नि...
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको ब...
नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएका नामहरू सच्याउन माग गरेका छन् । सोमवारको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...