×

X
Nic Asia
Marvel

स्पेनिस लालिगामा रियल बेटिस र स्पान्योल विजयी

काठमाडाैं | कात्तिक २, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

स्पेनिस ला लिगामा रियल बेटिस र स्पान्योल विजयी भएका छन् । सोमबार राति भएको खेलमा रियल बेटिसले डिर्पोटिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा स्पान्योलले काडिजलाई २–० गोलले स्तब्ध बनायो ।

DHARA
LAxmi BAnk

प्रतिस्पर्धात्मक खेलमा बेटिसलाई जिताउन बोर्जा इग्लेसियसले ८९औं मिनेटमा निर्णायक गोल गरे । बोर्जाले जोआक्वीनको पासमा गोल गरेका थिए । ६४ प्रतिशत बल पोसेसन राखेपनि पाहुना टोली बेटिसलाई गोल गर्न निकै संघर्ष गर्नु परेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बेटिसले खेलभर १९ वटा पोस्ट प्रहार गरेको थियो । यता ३६ प्रतिशत बल पोसेसन राखेको अलाभेसले १४ वटा पोस्ट प्रहार गरेपनि गोल फर्काउन सकेन । बेटिसका जोआक्वीन ‘म्यान अफ दी म्याच’ भए । जितसँगै बेटिस आठौं स्थानमा उक्लिएको छ । नौ खेल सकेको बेटिसको १५ अंक छ । पराजित अलाभेस रेलिगेसनको दबाबमा छ । तीन अंक बनाएको अलाभेस १९औं स्थानमा छ ।

यसैगरी अर्को खेलमा स्पान्योललाई जिताउन राउल डे टोमस र निको मेलामेडले गोल गरे । राउलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए । मेलामेडले ६५औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५४ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले खेलभर १४ वटा पोस्ट प्रहार गरेको थियो ।


Advertisment
Saurya island

काडिजले पनि १३ वटा पोस्ट प्रहार गरेको थियो । तर क्याडिजको लगातार प्रयासमा स्पान्योलको रक्षापंक्ति बाधक बन्यो । स्पान्योलका राउल डे टोमस ‘म्यान अफ दी म्याच’ भए । जितसँगै स्पान्योल ११औं स्थानमा उक्लिएको छ । स्पान्योलले नौ खेलबाट १२ अंक बनाएको छ । पराजित काडिज सात अंक सहित १६औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

Vianet communication
IME BANK INNEWS

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

यूईएफए नेसन्स लिग फुटबलमा नर्वे पराजित भएको छ । शनिवार राति भएको खेलमा नर्वेलाई स्लोभानियाले २-१ गोल अन्तरले हराएको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा नर्वे पराजित भएको हो । हारका बा...

असोज ९, २०७९

बलात्कार आरोपमा उजुरी परेपछि निलम्बित अवस्थामा रहेका क्रिकेटर लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन आफ्नो पनि भूमिका रहेको बताएका छन् । तर, आफूमाथि लागेको आरोप झूटो भएको उनको जिकिर छ ।&nbs...

असोज ९, २०७९

 यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जीत निकालेको छ । समूह चरण अन्तर्गत शनिबार राति पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोल अन्तरले हराएको हो । यस जीतसँगै लिग ए समूह २ को पोर्चुगल शीर्ष स्थानम...

असोज ९, २०७९

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ । आइतवार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो ।  नेपाली पुरुष राष्ट्...

असोज ९, २०७९

धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।  जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाईनलम...

असोज ९, २०७९

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा प्रदर्शन गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषदको आयोजनामा असोज २८ गतेदेखि कार्तिक ...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x