फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
कात्तिक २, २०७८
दशैंको २ दिनअघि साँझ ७ बजे रुपन्देहीको भैरहवाबाट काठमाडौंको लागि छुटेको सिद्धार्थ यातायात प्रालिको लु१ख २१२७ नम्बरको यात्रुबाहक स्तरीय बस काठमाडौं पुग्न १६ घण्टा लाग्यो ।
सामान्य अवस्थामा चालक मुकुन्द गौतम बिहान ४ बजे नै गाडीलाई काठमाडौं पुर्याइसक्थे । चालक गौतमका अनुसार अहिले बुटवल–नारायणगढ सडक खण्डको ११४ किलोमिटर सडक पार गर्न मात्रै अहिले ८–९ घण्टा लाग्छ ।
काठमाडौंसम्मको २७५ किलोमिटरमध्ये १६० किलोमिटर बाटो उनी ५ घण्टामै उनी पार गर्छन् । ‘बुटवल–नारायणगढ सडक साढे २ घण्टाको बाटो हो तर अहिले यो बाटोले यात्रु र चालकलाई रुवाएको छ । दाउन्नेको उकालो र ओरालोमा हरेका दिन जाम हुन्छ । दाउन्नेको १५ किलोमिटर सडक यात्रु र चालकका लागि सबैभन्दा बढी टाउको दुखाइ भएको छ,’ चालक गौतमले लोकान्तरसँग भने ।
काठमाडौं–बुटवल चल्ने लु१ख २१२७ नम्बरको बसका चालक महेश शर्माको अनुभव पनि उस्तै छ । ‘पहिले मुग्लिन–नारायणगढको सडकमा सास्ती खेपियो,’ महेश भन्छन्, ‘अहिले फेरि सास्तीको अर्को नाम नारायणगढ–बुटवल सडक भएको छ । गाडी बिग्रिनेदेखि ट्राफिक जामदेखि धुलो र हैरानी व्यर्होन यात्रु र चालक बाध्य छन् ।’
उनी थप्छन्, ‘दिवाकालीन गाडी रात्रिकालीन समयमा पुग्छन् । रात्रिकालीन गाडी दिवाकालीन समयमा पुग्छन् । बल्ल बाटो उधिनेको छ । कहिले बन्ने हो । बर्बाद नै छ अवस्था ।’
पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्ने दाउन्ने सडक खण्ड भएर यात्रा गर्ने यात्रु र चालक अहिले सबैभन्दा हैरानीमा छन् । खाल्डाखुल्डी, साँघुरो सडक, सवारीसाधनको अत्याधिक चाप तथा धुलो र हिलोले बुटवल–नारायणगढ सडक अहिले सास्तीको अर्काे नाम बन्न पुगेको छ । दायाँबायाँ खन्दा बाटो साँघुरो भएको छ ।
‘अहिले सडकको स्तरोन्नतिले काम भएकै छैन । बाटोले गर्दा भन्दा पनि ठूला र ओभरलोडका भारतीय गाडीले सडकमा बिग्रिँदा जाम र खाल्डाखुल्डी धेरै परेको हो,’ बुटवल–नारायणगढ सडक आयोजनाका सिनियर इन्जिनीयर तथा आयोजना प्रमुख रमेश दृष्टीले लोकान्तरसँग भने ।
दाउन्ने पूर्वी खण्डमा सडकका धेरै खाल्डाखुल्डी पुरेर गाडीका लागि सहज भएको दाबी समेत उनले गरे । वर्षायामको बाढी र पहिरोले अहिले सडक क्षतविक्षत जस्तै छ ।
‘गाडी र पार्टस् कामै नलाग्ने भए’
यातायात व्यवसायीका अनुसार दाउन्ने रुटमा चल्ने ५ प्रतिशत गाडीमा पानी पसेर इन्जिनमा ठूलो समस्या आएको छ । गाडीका पार्टस्, टायर र बडीको संरचनामा पनि ठूलो नोक्सान पुगेको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवनकुमार बञ्जाडेले बुटवल–नारायणगढ सडकले यातायातका साधनमा ठूलो नोक्सानी भएको बताए ।
‘यो सडक अहिले नयाँ कृष्णभीर भएको छ,’ बञ्जाडेले लोकान्तरसँग भने, ‘अहिले यात्रुदेखि गाडीको स्वास्थ्यमा गम्भीर क्षति पुगेको छ । राज्यले कानमा तेल हालेर बसेको छ । पूर्वपश्चिम राजमार्ग यस्तो हालतमा छ । बोल्ने मात्र हो । हाम्रो आवाज कसैले सुन्दैनन् ।’
सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सुर्यकुमार सारु मगरले दाउन्ने सडकले गर्दा सार्वजनिक यायायातमा ठूलो अप्ठ्यारो अवस्था सिर्जना गराएको बताए । रुपन्देहीको देवदह र नवलपरासीको चुरिया खोलाको पुलमा बाढीले क्षति पुर्याउँदा अहिले लोड बढी भएका गाडीहरू परासी भैरहवा हुँदै बुटवल भएर हिँड्नुपर्ने अवस्था छ । आइतवार र सोमवार परेको अविरल वर्षासँगै आएको बाढीले देवदहको डाइभर्सन पनि बगाएको छ ।
दशैं अगाडि र पछाडि झनै दुःख !
सामान्य अवस्थामा समेत गाडीको चापले जाम हुने गरेको बुटवल–नारायणगढ सडक खण्डमा सवारीसाधनले दशैंमा ठूलो समस्या झेलेका छन् । दशैंमा घर आएकाहरू यतिबेला काठमाडौं फर्किन थालेको छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दाउन्ने सडक भएर दैनिक १० हजार सानाठूलो सवारीसाधन ओहोरदोहोर गर्छन् ।
चाडपर्वमा सवारीसाधनको संख्या ३ हजारभन्दा बढीले बढ्छ । सडकमा गाडीको जाम नहोस् भनेर प्रहरीले दाउन्नेमा प्रहरी बिट राखेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका डीएसपी डिल्लीनारायण पाण्डेले प्रहरीले जाम र बिग्रिने गाडी व्यवस्थापनका लागि भूमिका खेल्दै आएको बताए ।
दाउन्नेमा दैनिकजसो ट्रकहरू बिग्रिँदा बढी समस्या हुने उनले बताए । राष्ट्रिय महत्त्वको आयोजनामा गम्भीर रूपमा ढिलासुस्ती हुँदा समेत सरकार मौन जस्तै भएको यात्रु रमेश थैब बताउँछन् । भारतीय ठूला मालाबाहक गाडी दाउन्नेमा प्रायः बिग्रिने गर्छन्, जसले गर्दा जामको समस्या झनै बढेको छ ।
सडक विस्तारको काम शून्यप्रायः
३ वर्षमा सक्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडकको शिलान्यास गरेका थिए । ३ वर्षमा सक्ने भनिएको आयोजनाको म्याद अब ६ महिना बाँकी रहँदा जम्मा ९ प्रतिशत काम भएको छ । २०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरी बनाएको २ लेनको सडक अहिले सिक्स र फोर लेनमा विस्तार गरिन लागेको छ ।
शिलान्यास भएको १ वर्षसम्म काम शुरू हुन सकेन । काम शुरू भएको केही महिनामै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले काम रोकियो, काम शुरू भएको केही महिनापछि फेरि कोरोनाको दोस्रो लहरले पुनः काम अगाडि बढ्न सकेन । लकडाउन खुले पनि वर्षा शुरू भइहाल्यो ।
‘दशैं सकियो, अब कामले गति लिन्छ,’ इन्जिनीयर दृष्टिले भने, ‘सडकमा रहेका झण्डै ५० हजार रुख कटान गरिएको छ ।’ सडकका दायाँबायाँका विद्यतु्का पोलहरू स्थानान्तरण कार्य अब दशैंपछि चिनियाँ कामदार ल्याएर अगाडि बढाउने आयोजनाको तयारी छ ।
यही गतिमा काम गर्ने हो भने यो सडकको काम पूरा हुन अझै ५ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ । पूर्वपश्चिम र राजधानीसँग जोड्ने अर्को वैकल्पिक राजमार्ग नहुँदा यात्रुले दुःख र सास्ती सहन बाध्य छन् ।
भारतसँगको व्यापार तथा बेलहिया नाका भएर धेरै मालबाहक गाडी दाउन्ने सडक हुँदै काठमाडौं पुग्छन् । १७ अर्ब रुपैयाँको लागतमा बनिरहेको बुटवल–नारायणगढ सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) ले ८५ प्रतिशत ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै हो ।
धेरै ठाउँमा बाढी र पहिरो
सडकको दीर्घकालीन समस्या पहिरो र चुरेबाट बगेर आउने भेल सहितको बाढी रहेको छ । दाउन्ने क्षेत्र धेरै ठाउँमा पनि यस वर्षको वर्षायाममा पहिरो झरेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले दाउन्नेमा सुरुङमार्ग निर्माणको अध्ययन गर्न बजेट समेत विनियोजन गरेका छन्, सडक खण्डमा २१ वटा पुल बन्नेछन् ।
सडकको डिभाइडरलाई हरियाली बनाइने ठेक्का सम्झौतामा उल्लेख छ । सडकले पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देही गरी ३ जिल्लालाई छोएको छ । सडक विस्तार चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले गरेको छ ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्याएर सँगसँगै दुवैतर्फ काम अगाडि बढाइने भनिए पनि काम कछुवा गतिमा छ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...