अधुरो सडक एक महिनाभित्र निर्माण गर्न मन्त्रीको निर्देशन

अधुरो सडक एक महिनाभित्र निर्माण गर्न मन्त्रीको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले  सप्तरी जिल्लामा निर्माणाधीन अधुरो सडकहरुलाई एक महिनाभित्र पूर्णता दिन निर्देशन दिएकी छन् ।


Advertisement

सप्तरीको राजविराजस्थित उद्योग वाणिज्य सङ्घमा आज सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले  भौतिक पूर्वाधार विकासमा सप्तरी निकै पछाडि परेको भन्दै जीर्ण रहेको सडकहरु पुनः निर्माण चाँडो हुनुपर्नेमा जोड दिइन् ।


Advertisement

आफूले पाएको कार्यभारलाई इमान्दारीतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाउँदै सडकको दुर्दशाका कारण सप्तरीवासीले सास्ती खेप्दै आएकाले सडक चाँडो मर्मत हुनुपर्नेमा जोड दिइन्  ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्