ब्याजदरमा राष्ट्र बैंकको अंकुश–ब्याजदर संशोधन गर्न निर्देशन

ब्याजदरमा राष्ट्र बैंकको अंकुश–ब्याजदर संशोधन गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि कायम गरेपछि हस्तक्षेप गरेको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाको नाममा जारी गरेको सर्कुलरमा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ ।


Advertisement

यस्तै संस्थागत निक्षेपमा प्रदान गरिने ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने पनि सर्कुलरमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा संशोधन गरी बुधबारभित्र सार्वजनिक गर्न पनि भनेको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्