विप्लवसँग दुई बुँदे सहमति

विप्लवसँग दुई बुँदे सहमति

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच विगतका  सहमति  कार्यान्वयन  गर्ने  सम्बन्धमा  वार्ता  भएको  छ  ।  गृहमन्त्री  बालकृष्ण  खाणको  पहलमा  मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो । वार्तामा मुख्यगरी दुई विषयमा छलफल भएको गृहसचिव  टेकनारायण  पाण्डेले  जानकारी  दिए ।  


Advertisement

पाण्डेका अनुसार विप्लवका कार्यकर्ताविरुद्धका मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिको अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।


Advertisement

 त्यसैगरी  तयार  भएको  अन्तिम  सूचीका  आधारमा  बाँकी  रहेका  मुद्दालाई  किनारा  लगाउन  र  बन्दीहरूलाई  रिहा गर्न कसरी सकिन्छ त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने कुरामा पनि सहमति भएको सचिव पाण्डेले जानकारी दिए । गोरखापत्रमा खबर छ। 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्