मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
कोजाग्रत पूर्णिमा मंगलवार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान बुधवारदेखि शुरू हुने भएकाले प्रदेश सरकारले बुधवार बिदा दिएको हो ।
विक्रम संवत् २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ ।
यसैबीच, स्याङ्जाको बिरुवा गाउँपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ । बिरुवा–७ मा अवस्थित मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा गरिने पञ्चबलि पूजालाई स्थानीय पर्वका रूपमा मनाउनका लागि बुधवार सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए । मन्दिरमा राँगो, बोका, कुखुरा, परेवा र हाँसको बलि दिने गरिन्छ ।
‘गाउँपालिकाकै धार्मिक आस्थाको धरोहरको रूपमा हामीले गहते मनकामनालाई अगाडि बढाएका छौं,’ उनले भने, ‘धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको यस क्षेत्रको प्रचारप्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने हेतुले उक्त स्थानमा हुने मेलालाई पर्वका रूपमा मनाउनका लागि सार्वजनिक बिदा दिएका हौं ।’
पञ्चवली पर्वलाई स्थानीय पर्वका रूपमा लिँइदै आइएको छ । हाल एकादशी र औंसीका दिनमा बाहेक दिनहुँ पूजाआजा गर्ने व्यवस्था मिलाएको अध्यक्ष शर्माले बताए ।
‘धार्मिकरूपमा निकै प्रसिद्धी कमाएको यस मन्दिरमा बिरुवा, हरिनास गाउँपालिकासहित वालिङ, चापाकोट, पुतलीबजार, भीरकोट नगरपालिकालगायत तनहुँ, पाल्पा, नवलपरासीबाट पनि दर्शनार्थी आउने गर्नुहुन्छ,’ उनले भने ।
मन्दिरका नाममा भाकल तथा बलि दिने गर्नाले मनोकामना पूरा भएको विश्वास गरिन्छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...