साउन २३, २०७९
आइतवार सार्वजनिक भएको तलबमान लागू नभए पनि आफूहरूको आन्दोलन नरोकिने नायब सुब्बाहरूले चेतावनी दिएका छन् । संघीय निजामति ऐन संशोधन नभएसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको अडान छ । ‘तलबमानको विषय मात्...
काठमाडाैं | कात्तिक ३, २०७८
मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ ।
विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा ७, धनकुटामा ५, सुनसरीको धरानमा २, कालीकोटमा १ र डडेल्धुरामा १ जनाको मृत्यु पुष्टि भएको छ ।
नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा मंगलवार राति पहिराले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा ६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये ६ जनाको उद्धार गरिएको छ ।
महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३ जना सम्पर्कविहीन रहेका जानकारी आएको बताए । कैलालीमा पनि ४ जना बेपत्ता भएका छन् ।
पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा ७ घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन ।
हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतवारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा मंगलवार राति पहिरो झरेर १ घर पुरिएको र त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढीपहिरोका कारण ४ सम्पर्कविहीन भएका र उनीहरूको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि ३ वटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिए ।
जिल्लामा फसेका नौको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्याइएको गृह मन्त्रालयले जनाएको छ ।
प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवा समेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कार्यलाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ ।
बुधवार भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।
जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधवार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । – नारायण ढुङ्गाना/रासस
आइतवार सार्वजनिक भएको तलबमान लागू नभए पनि आफूहरूको आन्दोलन नरोकिने नायब सुब्बाहरूले चेतावनी दिएका छन् । संघीय निजामति ऐन संशोधन नभएसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको अडान छ । ‘तलबमानको विषय मात्...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि आइतवार प्रतिनिधि सभामा छलफल हुँदैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यस...
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जन...
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आज दिउँसो ३ बजे बस्न लागेको हो ...
निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा पाँच वटा दल दर्ता भएका छन् । आयोगले आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेकामा सो दिन ५ दल दर्ता भएका हुन् । आयोगका अनुसार पहिलो नम्बरमा ...
यही साउन १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा ४ जना मृत फेला परे । घटनाको अनुसन्धान गर्दै जाँदा घरमूली ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र २ छोराछोरीको हत्या गरी आत्महत्या गरेको खुल्यो ।...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...