एक सातामा सरकार ढालिदिने चेतावनी दिने ओलीलाई विश्वप्रकाशको जवाफ

एक सातामा सरकार ढालिदिने चेतावनी दिने ओलीलाई विश्वप्रकाशको जवाफ

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले एक सातामै सरकार ढालिदिने चेतावनी दिने समय नभएको बताएका छन् । आज राजधानीमा आयोजित पार्टीको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे एक सातामै शेरबहादुर देउवा नेतृत्वको सरकार ढालिदिने दावी गरेका थिए ।
त्यसको जवाफमा काँग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत भनेका छन्, ‘श्रद्धेय कमरेड केपी शर्मा ओलीज्यू, ‘चाहे एक सातामा सरकार ढाल्न सक्छौं’ भनेर चुनौती दिने समय यो होइन । संविधानत त्यो सम्भव पनि छैन ।’
उनले यो समय अविरल बर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीति माथि उठ्ने र सोच्ने समय भएको बताएका छन् । उनले उद्दार,राहत र पुनर्स्थापनाको अभियानमा मिलेर काम गर्न आउन पनि ओलीलाई आग्रह गरेका छन् ।


Advertisement


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्